IME Life New

एनएलजी इन्स्योरेन्सको अधिकांश सूचकमा वृद्धि, नाफा १६ करोड ११ लाख माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ को चौथोे त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा कम्पनीको अधिकांश सूचक बढेका छन् ।

२ अर्ब ५६ करोड रुपैयाँ शेयर पूजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा रिटेन्ड अर्निङ ५ करोड ७४ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १७ करोड ८८ लाख रुपैयाँ रहेको छ । समीक्षा वर्षसम्म कम्पनीको महाविपत्ति कोषमा ८ करोड ५७ लाख रुपैयाँ रहेको छ । स्पेसल रिर्जभमा १ अर्ब ३८ करोड रहेको छ ।

Crest

अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ६ करोड ७२ लाख रुपैयाँ रहेको थियो । अन्य इक्विटीमा १७ करोड ३७ लाख रुपैयाँ रहेको थियो । महाविपत्ति कोषमा ७ करोड ७६ लाख रुपैयाँ रहेको थियो । स्पेसल रिर्जभमा १ अर्ब ३० करोड रहेको थियो ।

समीक्षा वर्षमा कम्पनीले २ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।

यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ८६ करोड ७५ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले समीक्षा वर्षमा ९३ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६४ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ४६.६३ प्रतिशतले बढेको हो ।

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले १६ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६९ लाख नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ९.६६ प्रतिशतले बढेको हो ।

समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ २८ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १२४.०२ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ०६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS