IME Life New

एशियन लाइफमा लामिछानेको नेतृत्वमा अभिकर्ता संघको नयाँ कार्य समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत अभिकर्ता संघ नेपाल एशियन लाइफ इन्स्योरेन्स बीमक समितिको तेश्रो वार्षिक साधारण सभाले नयाँ कार्य समितिको चयन गरेको छ। बुटवलको बुटवल भ्यु योगीकुटीमा शनिबार सम्पन्न साधारण सभाले दामोदर लामिछानेको नेतृत्वमा २७ सदस्यीय कार्य समितिको चयन गरेको हो।

अधिवेशनले निवर्तमान अध्यक्ष लामिछानेको नेतृत्वलाई निरन्तरता दिंदै कार्य समितिमा पुराना र नयाँ अनुहार सहित नयाँ कार्य समितिको चयन गरेको छ। नवनिर्वाचित कार्य समितिमा वरिष्ठ उपाध्यक्ष सीता भण्डारी, उपाध्यक्ष सन्तलाल राई, उपाध्यक्ष कर्ण बहादुर हमाल, उपाध्यक्ष ध्रुव गिरी र उपाध्यक्ष विष्णु कार्की रहेका छन् ।

Esewa
Crest

यसैगरी सचिव खुमा बुढा, कोषाध्यक्ष गोविन्द पन्थ, सह सचिव जनकलाल पाण्डे, सदस्य उषा पंगेनी, बद्री प्रसाद भट्टराई, अशोक थापा, राम बहादुर श्रेष्ठ, मनिष अग्रवाल, श्रीधर घिमिरे, कपिल कुमार पाैडेल,  दिपक लामिछाने, खुदा प्रसाद दंगाल, भोलानाथ न्याैपाने, सुरत बहादुर भुल, नरेन्द्र बहादुर थापा, दिपक अर्याल, प्रविन गाैतम,  विनोद कुमार भण्डारी र पवित्रा भण्डारी,दुर्गा थापा, गोमा भट्टराई रहेका छन् ।

साधारण सभाले दोश्रो साधारण सभाबाट निर्वाचित भई संघको केन्द्रिय कार्य समितिमा रहेर सकृयतापूर्वक संगठन विस्तारमा सहयोग पुर्‍याएकोमा निवर्तमान कार्य समितिलाई हार्दिक आभार सहित सम्मान समेत गरेको छ। साधारण सभामा देशभरबाट करिब दुई सय अभिकर्ता प्रतिनिधि सहभागी थिए।

साधारण सभाले सचिवको संगठनात्मक प्रतिवेदन,कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफलसहित अनुमोदन गरेको छ। केन्द्रिय समितिका अध्यक्ष दामोदर लामिछानेको सभापतित्वमा साधारण सभा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS