IME Life New

नेप्सेमा सूचिकृतमध्ये ११ जीवन बीमकको लाभांश घोषणा, अधिकांशले सम्पन्न गरे एजीएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सूचिकृत १२ वटा जीवन बीमा कम्पनीमध्ये ११ वटा जीवन बीमा कम्पनीले लाभांश घोषणा गरि अधिकांशले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । नेप्सेमा सूचिकृत कम्पनीहरुमध्ये हिमालयन लाइफले बाहेक यस वर्ष सबै जीवन बीमा कम्पनीहरुलेआफ्ना शेयरधनीहरुलाई लाभांश दिएका छन् ।

यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन् । एशियन लाइफ इस्योरेन्स, सूर्यज्योति लाइफ, रिलायबल नेपाल लाइफ, एलआइसी नेपाल, नेशनल लाइफ, सानिमा रिलायन्स लाइफ, प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, नेपाल लाइफ र सिटिजन लाइफले लाभांश घोषणा गरेका हुन् ।

Esewa
Crest

एशियन लाइफ इस्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र ५।५२६३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीलेआफ्नो १८ औँ वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको छ । लाभांश र सभा प्रयोजनका लागि माघ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

आइएमई लाइफ इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १० दशमलव ५२६३ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले साधारण सभा सम्पन्न गरिसकेको छ ।

नेपाल लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ५ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी २१ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले आफ्नो २६ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।

सिटिजन लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले साधारण सभा सम्पन्न गरिसकेको छ ।

सन नेपाल लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ५ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि १५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले साधारण सभा सम्पन्न गरिसकेको छ ।

नेशनल लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १२ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ४ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आफ्नो ३८ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।

सानिमा रिलायन्स लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १० दशमलव १७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १० दशमलव १७८ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले साधारण सभा सम्पन्न गरिसकेको छ ।

प्रभु महालक्ष्मी लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ८ दशमलव ४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ४ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ४ दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।

सूर्यज्योति लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १३ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आफ्नो १८ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।

रिलायबल नेपाल लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १२ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।

एलआइसी नेपाल
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले २१ दशमलव ०५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको छ । एलआइसी नेपालले आफ्नो २४औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।

लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीहरुले यस आर्थिक वर्षमा बोनश शेयरलाई भन्दा पनि नगद लाभांशलाई जोड दिएको पाइएको छ ।

यस वर्ष शेयरधनीहरुको हात खाली बनाएको हिमालयन लाइफ इन्स्योरेन्सले भने आफ्नो १९ औँ वार्षिक साधारणसभा माघ २८ गते गर्दैछ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS