काठमाडौं । राष्ट्रिय पुरुष क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीले अर्दध शतक बनाउँदा टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपालको पहिलो जीत दर्ज भएको छ।
मुम्बईको वानखडे मैदानमा भएको खेलमा नेपालले ओभरम ३ विकेटको क्षतिमा अन्तिम ओभरमा ४ बल बाँकी छँदा स्कट ल्याण्डविरूद्ध १७० रनको लक्ष्य पुरा गरेको हो।
ऐरीले २३ बलमा ५० रन पुरा गरेका हुन् । यो उनको यो प्रतियोगितामा दोश्रो अर्दध शतक हो। उनी म्यान अफ दी म्याच घोषित भए।
यो खेलसँगै अब नेपाली टोली स्वदेश फर्किनेछ।
टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल १२ वर्षपछि जीत हासिल गरेको हो। यस पटकको कुल चार खेलमध्ये शुरुवाती तीन खेलमा नेपालले पराजय व्यहोर्नु परेको थियो। पहिलो खेलमा इङ्ल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले इटली र वेष्ट इण्डिज विरुद्धको खेलमा फितलो प्रदर्शन गरेको थियो।












