IME Life New

नेपाल लाईफले दोश्रो पटक ल्यायो अवकाश योजना, ३८ महिनासम्मको तलब अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दोश्रो पटक स्वेच्छिक कर्मचारी अवकाश योजना २०८२ घोषणा गरेको छ।

कम्पनीले कम्तीमा ४ वर्ष सेवा अवधि पुरा भएका र २ वर्ष सेवा अवधि बाँकी रहेका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना घोषणा गरेको हो। यो योजना अन्तर्गत सहभागि हुने कर्मचारीले कम्तीमा १५ महिनाको मासिक आधारभूत तलब(ग्रेड सहित) वापतको रकम क्षतिपूर्ती प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

२०८२ असार महिनामा खाईपाई आएको मासिक आधारभूत तलब(ग्रेड सहित) को दरले आउने रकमलाई आधार मानेर क्षतिपूर्तीवापतको रकम गणना गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ। बुधबारदेखि लागू गरिएको यो योजना अन्तर्गत स्वेच्छिक अवकाशका लागि इच्छुक कर्मचारीले भदाै ३ गतेभित्र कम्पनी समक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ।

सेवा अवधि वर्षको गणना गर्दा स्वेच्छिक अवकाश योजना लागू गरेको मितिको अघिल्लो दिनसम्मको पुरा भएको वर्ष अर्थात १२ महिना पुरा भएको अवस्थामा मात्र १ वर्षको रूपमा गणना हुने शर्त तोकेको छ।

अघिल्लो पटक प्लस टु वा सोभन्दा तल्लो शैक्षिक योग्यता भएका कर्मचारीलाई मात्र लक्षित गरिएको स्वेच्छिक अवकाश योजना यसपटक भने चालक देखि वरिष्ठ सहायक महाप्रबन्धकसम्मलाई लक्षित गरिएको छ।

इन्स्योरेन्स खबरलाइ प्राप्त विवरण अनुसार, कम्पनीले चालक, कार्यालय सहयोगी, पियनलाई १९ महिना, कनिष्ठ सहायक, सहायक र वरिष्ठ सहायकलाई १६ महिना, कनिष्ठ अधिकृत, अधिकृत र वरिष्ठ अधिकृतलाई १३ महिना, सहायक प्रबन्धक, उप प्रबन्धक, प्रबन्धक, वरिष्ठ प्रबन्धकलाई ११ महिना, सहायक महाप्रबन्धक र वरिष्ठ सहायक महाप्रबन्धकलाई ९ महिनाको न्यूनत्तम क्षतिपूर्ती दिने प्रस्ताव गरेको छ। यसबाहेक सेवा अवधिको अाधारमा न्यूनत्तम ६ महिनादेखि १३ महिनाको आधारभूत तलब क्षतिपूर्तीवापत प्राप्त गर्नेछन् ।

नेपाल लाईफले कर्मचारी स्वेच्छिक अवकाश याेजनाकाे म्याद एक साता थप्याे

कम्पनीका अनुसार, ४ देखि २१ वर्षसम्मको सेवा अवधिका आधारमा अतिरिक्त क्षतिपूर्तीवापतको रकम निर्धारण गरिएको छ। यस अन्तर्गत २१ वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीले १२ देखि १९ महिनासम्मको अतिरिक्त तलब सुविधा क्षतिपूर्ती प्राप्त गर्नेछन् ।

कम्पनीको संचालक समितिले पहिलो पटक २०७९ फागुन ५ गते स्वेच्छिक अवकाश याेजना घाेषणा गरेकाे थियो।  झण्डै एक महिना अवधिका लागि लागू गरिएको यो योजना अन्तर्गत उच्च माध्यमिक विद्यालय तह (प्लस टु) वा सो भन्दा तल्लो तहको शैक्षिक योग्यता भएका र एक वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीको लागि ‘स्वेच्छिक अवकाश योजना २०७९’ घोषणा गरिएको थियो। तर कम्पनीले झण्डै एक महिना लामो अवधि तोकेर योजना लागू गरेपनि अपेक्षित संख्यामा कर्मचारी सहभागि भएनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

22%
amazed

अचम्मित

44%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS