IME Life New

बीमालेख कर्जाबाटै नेपाल लाइफले कमायो रू. ३ अर्ब भन्दा बढी ब्याज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमालेखको धितोमा बीमितलाई वितरण गरेको कर्जाबाटै एक वर्षको अवधिमा ३ अर्ब रूपैयाँभन्दा बढी ब्याज आम्दानी गरेको छ।

इन्स्योरेन्सको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन अनुसार, कुल ३ अर्ब ३ अर्ब ३९ करोड २६ लाख रूपैयाँ ब्याज आम्दानी भएको छ। बीमालेख धितोवापतको रकम बढ्दा ब्याज आम्दानी पनि बढेको हो।

Esewa
Crest

अघिल्लो आव २०७९।८० मा इन्योरेन्सले बीमितसँग कुल २ अर्ब ९७ करोड ६८ लाख रूपैयाँ ब्याज आम्दानी गरेको थियो। गत आवमा ब्याज वापतको आम्दानी १३.९६ प्रतिशतले बढेको थियो।

इन्स्योरेन्सको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार, गत आवमा बीमालेख धितोमा इन्स्योरेन्सले कुल ३३ अर्ब ३९ करोड ४७ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो आव भन्दा गत आवमा बीमालेख कर्जा रकम ९.६४ प्रतिशतले वृद्धि भएको थियो।

इन्स्योरेन्सबाट अघिल्लो आव २०७९।८० मा बीमितले बीमालेखको सुरक्षणमा ३० अर्ब ४५ करोड ५९ लाख रूपैयाँ कर्जा उपभोग गरेका थिए।

चालू आर्थिक वर्ष २०८१।८२  को तेश्रो त्रैमासम्ममा बीमालेख कर्जाको ब्याज वापत २ अर्ब ७५ करोड ९० लाख रूपैयाँ आम्दानी गरि सकेको छ। गत आवको सोही अवधिमा बीमालेख कर्जावापत कुल २ अर्ब ४५ करोड ९४ लाख रूपैयाँ ब्याज आम्दानी गरेको थियो।

इन्स्योरेन्सको तेश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार, कर्मचारी कर्जा सुविधा सहित कुल ३६ अर्ब ६४ करोड ९५ लाख रूपैयाँ कर्जा लगानी गरिएको छ।

नेपाल लाइफले प्रवाह गरेको कुल कर्जा रकममध्ये बीमालेख धितोवापतको कर्जाले ९८ प्रतिशत हिस्सा ओगटेको छ।

नियमितरूपमा ३ वर्षको बीमाशुल्क भुक्तानी भइसकेको सावधिक प्रकृतीको जुनसुकै बीमालेखको धितोमा बीमितले इन्स्योरेन्स कम्पनीबाट कर्जा लिन सक्ने प्रावधान छ। यसका लागि बीमालेख जारी गरेको मितिबाट ३ वर्ष पुरा भएको हुनुपर्छ।

नेपाल लाइफले २०८० जेठ २ गतेदेखि वार्षिक १० प्रतिशत ब्याजदरमा बीमालेख कर्जा उपलब्ध गराउँदै आएको छ। अर्द्ध वार्षिकरूपमा ब्याज रकम गणना हुने भएकाले ब्याजको पूँजीकरण हुन नदिन बीमितले नियमितरूपमा ६-६ महिनामै कर्जाको ब्याज रकम चुक्ता गर्नु बुद्धिमानी हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS