IME Life New

बीमा बजारमा एक वर्षमा थपियो झन्डै ५२ हजार अभिकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा मध्यस्थकर्ताका रुपमा अभिकर्ता रहेका हुन्छन्। अभिकर्ता बीमा कम्पनीहरुको व्यवसायको मरुदण्ड पनि मानिन्छन्।

बीमक र बीमितबीच सम्बन्ध कायम गर्ने मुख्य भूमिका नै अभिकर्ताको रहेको हुन्छ। उनीहरुले कम्पनकिा बीमा योजनाहरु बीमितमाझ लैजाने गर्छन्। बीमा व्यवसायमा अभिकर्ताको भूमिका अहम रहेको हुन्छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले पछिल्लो समय अनलाइन माध्यमबाट परीक्षा लिएर बीमा अभिकर्ता लाइसेन्स वितरण गर्दै आएको छ। पछिल्लो १ वर्षको तथ्यांक हेर्ने हो भने नेपालको बीमा बजारमा झन्डै ५२ हजार अभिकर्ता थपिएका छन्।

प्राधिकरणले सार्वजनिक गरेको २०८०।८१ को वार्षिक प्रतिवेदनअनुसार बीमा बजारमा पछिल्लो एक वर्ष ५१ हजार ९४६ जना अभिकर्ता थपिएका छन्। समीक्षा वर्षमा बीमा व्यवसायमा ३ लाख २९ हजार ५७२ अभिकर्ता संलग्न रहेका छन्। अघिल्लो वर्ष २०७९।८० अभिकर्ताको संख्या २ लाख ७७ हजार ६२६ रहेको थियो। पछिल्लो एक वर्षमा अभिकर्ताको संख्या १८.७१ प्रतिशतले बढेको छ।

यसैगरी बीमा व्यवसायमा आर्थिक वर्ष २०८०।८१ मा १ हजार २४८ सर्भेयर संलग्न रहेका छन्। अघिल्लो वर्ष २०७९।८० मा सर्भेयरको संख्या १ हजार २१७ रहेको थियो। सर्भेयरको संख्या १ वर्षमा २.५५ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०८०।८१ मा बीमा क्षेत्रमा ११ हजार ७६९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। जुन अघिल्लो वर्ष २०७९।८० को तुलनामा २.३७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारी पाउनेको संख्या ११ हजार ४९६ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS