IME Life New

प्राधिकरण कोशी प्रदेशद्वारा संखुवासभामा बीमा सम्बन्धी सचेतना सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा सम्बन्धी सचेतना तथा अन्तर्क्रिया कार्यक्रम आज घरेलु तथा साना उद्योग कार्यालय संखुवासभा, खाँदवारीमा सम्पन्न भएको छ ।

बीमा प्राधिकरण कोशी प्रदेश ले बीमाको क्षेत्रमा गरेको कार्यक्रम र सञ्चालन गरेका जनचेतना र बीमाका विषयमा भएका प्रगतिको विषयमा छलफल गरिएको थियो ।

Crest

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको स्थापना भएपछी कोशी प्रदेशमा बीमाको क्षेत्रमा भएका सकारात्मक पक्ष र बीमाका क्षेत्रमा देखिएका गलत अभ्यासलाई निराकरण गर्न र बीमाको पहुँच आम नागरिक समक्ष पुयाउनको लागी गरेको प्रयासका विषयमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका सहायक उपनिर्देशक सचिन राईले आफनो प्रस्तुतिकरण दिएका थिए ।

संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले बीमाको महत्व र आवश्यताको विषयमा सम्पुर्ण उद्योगी ब्यावसायिलाई बुझाउनु पर्ने आवश्यकता रहेको बताए । अन्तरक्रिया कार्याक्रममा अन्डर इन्सुरेन्स, बाँदरको आक्रमणबाट भएको क्षति बीमाले व्यहोर्ने–नव्यहोर्ने, बीमा लेख नभएका बाली तथा पशुको बीमा, अभिकर्ताले बीमाङ्क बढी राखेर गराइने बीमा निरन्तरता समस्या, प्राधिकरणले बीमा गराउने÷नगराउने, तथा ओर्जिनल बीमा पोलिसी हराएमा के गर्ने भन्ने विषयमा प्रश्न–उत्तर भएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेम चन्द्र कुलुङ्गले घरेलु तथा साना उद्योग कार्यालयले आगामी दिनमा आम घरेलु तथा साना उद्योगी ब्यावसायिलाई बीमाको महत्व र यसको आवश्यकताको विषयमा बुझाएर आफनो उत्पादकत्वमा हुने हानी एवम नोक्सानीबाट कसरी बच्न सकिन्छ भन्ने तर्फ कार्यालयले सरोकारबाला निकाय सगँ समन्यय गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष सुनिता काफ्लेले बीमाको महत्वको विषयमा आम रुपमा सरकारी सयन्त्रले गाउँ गाउँमा रहेका घरेलु उद्योग तथा व्यावसाय समक्ष निरन्तर रुपमा सहयोगी माध्यमबाट जनचेतना पुयाउनुपर्ने आवश्यकता रहेको औल्याइन् ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्राधिकरण प्रमुख प्रिती देवले सम्पत्ति, भवन, स्टक, दुर्घटना तथा स्वास्थ्य बीमा जस्ता उपयुक्त योजना छनौट गर्न आग्रह गरिन् । साथै बीमा तालिम, गोष्ठी, बीमा मेला आयोजना, रेडियो तथा सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सूचना प्रसारण, दाबी प्रक्रियाबारे जानकारी, उजुरी व्यवस्थाको प्रयोग तथा उपलब्ध अनुदान उपयोगसम्बन्धी जानकारी दिइन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ, पूर्व अध्यक्षहरू, जुत्ता, ग्रिल, अल्लो, सिलाई–कटाइ, किराना, कृषि, अचार, होटल, फर्निचर व्यवसायीसहित बीमक प्रतिनिधि तथा होटल व्यवसायी संघका प्रतिनिधिहरूको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS