IME Life New

बीमा प्राधिकरणले लगानी सम्बन्धी त्रैमासिक प्रतिवेदन पेश गर्न बीमकलाई गरायो सचेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको लगानी निर्देशन २०८२ को व्यवस्था बमोजिम लगानी सम्बन्धी त्रैमासिक प्रतिवेदन पेश गर्न बुधबार इजाजत प्राप्त सबै बीमकलाई सचेत गराएको छ।

निर्देशनको दफा १४ को उपदफा ३ को खण्ड (ट) मा प्रत्येक त्रैमास समाप्त भएको ३० दिनभित्र लगानी सम्बन्धित त्रैमासिक प्रतिवेदन बीमकको सञ्चालक समितिबाट प्रमाणित गराएर प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ।

Esewa
Crest

प्राधिकरणको सञ्चालक समितिले गत भदाै १७ गते बीमकको लगानी सम्बन्धी निर्देशन २०८२ स्वीकृत गरेको थियो। निर्देशनको व्यवस्था बमोजिम बीमकले कात्तिक ३० गतेभित्रै प्रतिवेदन पेश गर्नुपर्ने थियो। अधिकांश बीमकले प्रतिवेदन पेश नगरेको पाइएपछि प्राधिकरणले परिपत्र जारी गर्दै बीमकलाई सचेत गराउनु परेको हो।

निर्देशनको दफा १४ को उपदफा ३ मा बीमकले लगानी व्यवस्थापन गर्न लगानी सम्बन्धी कार्यको अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी एक लगानी व्यवस्थापन इकाई स्थापना गर्नुपर्ने व्यवस्था छ।

प्राधिकरणले निर्देशनमार्फत् बीमकको लगानीका लागि पूर्व स्वीकृति लिनुपर्ने व्यवस्थालाई खुकुलो पार्दै लगानी इकाई र सञ्चालक समितिलाई जिम्मेवार तोकेको छ। निर्देशनको व्यवस्थाको दुरूपयोग गरेर जथाभावी लगानी हुन नदिन प्राधिकरणले त्रैमासिक प्रतिवेदनको अध्ययनमार्फत् बीमकको लगानी सम्बन्धि निर्णयमा अप्रत्यक्ष निगरानी गर्ने नीति लिएको छ।

यसबाहेक निर्देशनको दफा १८ मा बीमकले प्रत्येक त्रैमास समाप्त भएको सात दिनभित्र लगानीको विवरण बीमा प्राधिकरणको नियामक पोर्टलमा पेश गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS