काठमाडौं । दोलखामा रास्वपाका उम्मेदवार जगदीश खरेलले अग्रता कायम गरेका छन् । उनले ५१७ मत प्राप्त गरेका छन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्काले पछ्याएका छन् । खड्काले ३७७ मत पाएका छन् । प्रारम्भिक अग्रता नेकपाले लिए पनि अहिले भने रास्वपाले लिड गरिरहेको छ ।
त्यस्तै, एमालेका पार्वत गुरुङले २४० र कांग्रेसका अजयबाबु शिवाकोटीले जम्मा १३६ मत प्राप्त गरेका छन् ।












