काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी आजबाट ५९ औँ वर्षमा प्रवेश गरेको छ।
साबिक राष्ट्रिय बीमा संस्थानका रुपमा ५८ वर्षअघि स्थापित यो कम्पनीले नेपालको बीमा बजारमा जीवन बीमाको आवश्यकता र महत्वलाई जनमानसमाझ बोध गराउँदै नेपाली जनताको आर्थिक सुरक्षाको सुनिश्चिता गर्न, जीवन बीमाका माध्यमबाट बीमाको पहुँच वृद्धि गर्न तथा वित्तीय स्रोतको परिचालन गरी अर्थतन्त्रको सुदृढीकरण गर्न सशक्त भूमिका निर्वाह गर्दै आएको छ।
यस अभियानमा सहयोग पुर्याउने नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल बैंक, अन्य बैंक तथा वित्तीय संस्था, संस्थागत तथा व्यक्तिगत बीमित, अभिकर्ता, पुनर्बीमकलगायत सबै सरोकारवाला र शुभचिन्तकमा कम्पनीले आभार व्यक्त गरेको छ।
यसका साथै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरु अझ छिटोछरितो, सहज, गुणस्तरीय र विश्वसनीय बनाउँदै जाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।












