IME Life New

नेसनल लाइफका अभिकर्ता जीवन खत्री भए टीओटीका लागि योग्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता  जीवनकुमार खत्री  टप अफ द टेबल (टीओटी)का लागि योग्य भएका छन्।

तोकिएको व्यावसायिक लक्ष्य पूरा गरेपछि खत्री सन् २०२७ का लागि पनि टीओटी हुन योग्य भएका हुन्। यसअघि खत्री सन् २०२६ का लागि पनि टीओटी हुन योग्य भएका थिए। सन् २०२५ मा उनी कोर्ट अफ द टेबल(सीओटी) उपाधिका लागि योग्य भएका थिए।

Esewa
Crest

मिलियन डलर राउन्ड टेबल(एमडीआरटी)ले तोकेको व्यावसायिक लक्ष्य पूरा गर्दै टीओटी उपाधिका लागि दाबेदार बन्न सफल भएका हुन्। खत्री १६ वर्ष देखि अभिकर्ता पेशामा निरन्तर लागेका युवा हुन । उनले बीमा अभिकर्ता पेशामा राम्रो पहिचान बनाएका छन ।

एमडीआरटी विश्वभरका बीमा अभिकर्ता तथा वित्तीय परामर्शदाताको अन्तर्राष्ट्रिय संस्था हो । यो संस्थाले तोकेको वार्षिक व्यावसायिक लक्ष्य पूरा गर्ने अभिकर्तालाई एमडीआरटी, सीओटी र टीओटी उपाधि दिँदै आएको छ। यसका लागि अमेरिकी डलरमा सदस्यता शुल्क भुक्तानी गर्नुपर्छ। यी तीनवटामध्ये कुनै एक उपाधिका लागि योग्य हुने अभिकर्ताले सदस्यता शुल्क र सम्मेलन दर्ता शुल्क भुक्तानी गरेको अवस्थामा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताको अवसरसमेत प्राप्त गर्छन्।

प्रत्येक वर्षको जनवरीदेखि डिसेम्बरसम्मको १२ महिनाको अवधिका लागि एमडीआरटीले व्यावसायिक लक्ष्य निर्धारण गरेको हुन्छ। यस्तो लक्ष्य देशअनुसार फरक–फरक हुन्छ। अभिकर्ताले आर्जन गरेको प्रथम बीमाशुल्क वा कमिसनका आधारमा एमडीआरटीको योग्यता तय गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS