IME Life New

मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणा, ६०% हकप्रद पनि जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ८ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख ९३ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो कात्तिक २१ गते सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभाले अनुमोदन नगरेपछि लगानीकर्ताहरुले लाभांश पाउनेछन्।

सोही सभाले बोनस शेयर वितरणपछि कायम हुने ७५ करोड ५९ लाख ९३ हजार रुपैयाँको ६० प्रतिशत हकप्रद शेयर जारी निर्णय विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १४ गतेभन्दा अघिसम्म कायम शेयरधनी लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS