IME Life New

बीमालेख समर्पणबाट बाहिरिनेभन्दा व्यतितको उठ्न बाँकी रकम दोब्बर बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुबाट गत आर्थिक वर्ष २०८१।८२ मा बीमालेख समर्पणबाट १५ अर्ब १५ करोड रुपैयाँ बाहिरिएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक बीमा प्रतिविम्बअनुसार समीक्षा वर्षमा जीवन बीमा कम्पनीहरुबाट बीमालेख समर्पणबाट १५ अर्ब १५ करोड २१ लाख रुपैयाँ बाहिरिएको हो। यो रकम १ लाख ८ हजार २३८ वटा बीमालेख समर्पणमा कम्पनीहरुले भुक्तानी गरेका हुन्।

Esewa
Crest

अघिल्लो वर्ष २०८०।८१ बीमालेख समर्पणबाट कम्पनीहरुबाट १ लाख ११ हजार ३३६ वटा बीमालेख समर्पणबाट कम्पनीहरुबाट १३ अर्ब ५७ करोड ६९ लाख रुपैयाँ बाहिरिएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा समर्पण संख्या २.७८ प्रतिशत घट्दा रकम भने ११.६० प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा १२ लाख ४३ हजार ३६५ वटा व्यतित बीमालेखको कम्पनीहरुले ३५ अर्ब १ करोड ७७ लाख रुपैयाँ उठ्न बाँकी रहेको देखिन्छ। यो व्यतित बीमालेखको रकम समर्पणबाट बाहिरिने रकमभन्दा दोब्बर बढी हो।

अघिल्लो वर्षमा कम्पनीले ११ लाख ५८ हजार २९९ वटा व्यतित बीमालेखको ३४ अर्ब ३ करोड ७१ लाख रुपैयाँ उठाउन बाँकी थियो। अघिल्लो वर्षको तुलनामा व्यतित बीमालेख संख्या र रकम क्रमशः ७.३४ प्रतिशत र २.८८ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS