IME Life New

मेटलाइफका ग्राहकहरुलाई अब २४ घन्टाभित्र बीमालेखका कागजात उपलब्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटलाइफ नेपालले ग्राहकलाई बीमालेखजारी भएको २४ घन्टाभित्र बीमालेख सम्बन्धि कागजात उपलब्ध गराउने सेवा सुरु गरेको छ। यो व्यवस्था १५ जुन २०२६ देखि कार्यान्वयनमा आएको हो।

आवश्यक सम्पूर्ण विवरणहरु सहित आवेदन गरिएका भुक्तानी सम्पन्न बीमा आवेदनहरुमा यो सुविधा लागू गरिएको छ। ग्राहकले अब आफ्नो आवेदनमा उल्लेख (दर्ता) गरिएको इमेल ठेगानामा बीमालेखको कागजात प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

हालसम्म ५३९ भन्दा बढी बीमालेखको कागजात डिजिटल माध्यममार्फत सफलतापूर्वक पठाइसकिएको छ। यस पहलले ग्राहकलाई आफ्नो बीमा विवरण छिटो, सहज र सुरक्षित रूपमा प्राप्त गर्न मद्दत गरेको छ।

डिजिटल पोलिसी प्याकेजमा बीमाकोे विवरण, स्वागत पत्र, लाभ सम्बन्धी विवरण तथा सर्तहरू समावेश छन् । यस सेवाले बीमालेख सम्बन्धि कागजात वितरणको टर्नअराउन्ड समय उल्लेखनीय रूपमा घटाएको छ।

यो पहलले मेटलाइफ नेपालको डिजिटल रूपान्तरण तथा ग्राहककेन्द्रित सेवा प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ । कागजरहित प्रक्रियालाई प्रोत्साहित गर्दै यो कदमले पर्यावरणमैत्री र दिगो व्यवसायिक अभ्यासलाई समेत टेवा दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS