IME Life New

झन् झन् कठिन हुँदैछ एमडीआरटी, बढ्यो एमडीआरटी २०२७ का लागि पुरा गर्नुपर्ने लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वित्तीय सल्लाहकारहरूको साझा संस्था मिलियन डलर राउण्ड टेबल(एमडीआरटी) का लागि बीमा अभिकर्ताले वर्ष भरमा प्राप्त गर्नुपर्ने व्यवसायीक लक्ष्यको सीमा अझै बढेको छ।

सन् २०२७ का लागि एमडीआरटीले सार्वजनिक गरेको व्यवसायीक लक्ष्य अनुसार,अब नेपालको बीमा अभिकर्ताले एमडीआरटीको शुरूवाती उपाधी अर्थात् एमडीआरटी प्राप्त गर्न कम्तीमा ६२ लाख ६ हजार १०० रूपैयाँ प्रथम बीमा शुल्क शंकलन गर्नुपर्नेछ। संशोधित व्यवस्था अनुसार, न्यूनत्तम कमिशन रकम २० लाख ६८ हजार ७०० र आम्दानी ३५ लाख ८२ हजार ९०० हुनुपर्नेछ।

Esewa
Crest

यसैगरी कोर्ट अफ द टेबलका लागि १ करोड ८६ लाख १८ हजार ३०० र टप अफ द टेबल उपाधीका लागि ३ करोड ७२ लाख ३६ हजार ६०० रूपैयाँ अभिकर्ताले बीमालेख बिक्रीवापत कमिशन र प्रोत्साहनवापत आर्जन गर्नुपर्ने भएको छ।

कोरोना महामारी र आर्थिक संकटका कारण न्यूनत्तम सीमा ३४ लाख रूपैयाँमा झारेका बेला नेपालबाट सन् २०२१ २०२२ मा थुप्रै संख्यामा अभिकर्ताहरू एमडीआरटीका लागि योग्य भएका थिए। त्यसयता लगातार न्यूनत्तम व्यवसायीक लक्ष्य बढ्दै गएकाले योग्य हुने अभिकर्ताको संख्या खुम्चिंदै गइरहेको छ।

जीवन बीमा कम्पनीको आधिकारिक सामाजिक सञ्जाल पृष्ठमार्फत् सार्वजनिक गरिएका योग्य अभिकर्ताहरूको विवरण केलाउँदा यो वर्ष सन् २०२६ का लागि योग्य भएका अभिकर्ताहरूको संख्या पोहोरको भन्दा ज्यादै थोरै छ। यो वर्ष न्यूनत्तम लक्ष्य रकम ५२ लाख ९६ हजार ७ सय रूपैयाँ प्रथम बीमाशुल्क तोकिएको छ। यो लक्ष्य पुरा गर्न अभिकर्ताहरूसँग अब जम्मा ४१ दिनको समय छ।

एमडीआरटी २०२७ का लागि अभिकर्ताले सन् २०२६ मा पुरा गर्नुपर्ने व्यवसायीक लक्ष्य। श्रोतः एमडीआरटी डट ओआरजी

यस वर्ष हासिल गरेको व्यवसायीक लक्ष्यको लागि अभिकर्ताहरू आगामी वर्षको एमडीआरटी उपाधीका लागि लागि योग्य ठहरिन्छन् ।

छिमेकी मुलुक भारतको बीमा बजारमा पनि भारतीय जीवन बीमा संस्थान(एलआइसी)को अभिकर्ता उत्पादन संख्या पनि यो वर्ष उल्लेख्य घटेको छ।

एमडीआरटीको लक्ष्य पुरा गर्ने अभिकर्तालाई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर प्राप्त हुन्छ। एमडीआरटी उपाधीका लागि भुक्तानी गर्नुपर्ने सदस्यता शुल्क, अन्तर्राष्ट्रिय सम्मेलन शुल्क, भिषा शुल्क, दुईतर्फी हवाई टिकट, होटल बास, घुमघामलगायतको खर्च अभिकर्ता स्वयमले व्यहोर्नु पर्ने भएकाले यो खर्चिलो पनि छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

80%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS