IME Life New
GBIME

एमबीएल इक्विटी फन्डका इकाइहरु आजबाट बिक्री खुला

SPIL
Global College
Nepal Life

काठमाडौं । एनबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने एमबीएल इक्विटी फन्डका इकाइहरुमा आज फागुन २२ गतेबाट खरिद आवेदन दिन सकिनेछ।

योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलले १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब २० करोड रुपैयाँबराबरको १२ करोड इकाइ बिक्री गर्न लागेको हो। यस योजनाका १५ प्रतिशत इकाइमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ कोष प्रवर्द्धक कम्पनी माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाइ योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाइमा सर्वसाधरणले खरिद आवेदन दिन सक्नेछन्।

Crest

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधितममा १ करोड २० लाख इकाइसम्म खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यसमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ। यो अवधिमा सबै इकाइ बिक्री नभएको खण्डमा चैत ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस योजनाको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा सीडीएससीको ‘मेरो शेयर’बाट सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS