IME Life New

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले फागुन १७ गते डाक्यो विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीले फाल्गुन १७ गते आइतबार विशेष साधारण सभा गर्ने भएको छ । सभा विहान ११ बजे क्वालिटी व्याइवेट, बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौंमा आयोजना गर्ने भएको हो । कम्पनीको संचालक समितिको माघ २९ गते बसेको बैठकको निर्णयसभाको मिति तय गरेको हो ।

सभाले कम्पनीको हकप्रद शेयर निष्काशनको पूर्व स्वीकृतीको अनुमोदन गर्ने, नियमावालीको नियम २७ को २ मा भएको व्यवस्थालाई संशोधन गर्ने, सञ्चालक समितिलाई अनुमोदन गर्नेछ ।

Esewa
Crest

सभाले यस कम्पनीको हकप्रद शेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न साथै प्रबन्धपत्र तथा नियमावलीमा कुनै संसोधन, थपघट, फेरबदल तथा परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोहि सम्बन्धी कार्य गर्नका लागि कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्नको लागि प्रस्ताव पेश गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS