IME Life New

इजरायलमा बसोबास गर्ने सपना पूरा गर्न बीमाको रकमका लागि युवकले गरे बुवाको हत्या

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको गुजरात राज्यस्थित राजकोट जिल्लाको भयवदरबाट एउटा दर्दनाक आपराधिक घटना बाहिर आएको छ। विदेशमा बसोबास गर्ने सपनाले भयवदरका एक युवकले बीमाको रकम हासिल गर्न आफ्नै बुवाको हत्या गरेको घटना बाहिर आएको हो।

बीमाको रकमका लागि ती युवकले १ वर्षसम्म आफ्नै बुबालाई मार्ने षड्यन्त्र रचे। तर धेरै प्रयासपछि उनी आफ्नो आपराधिक योजनालाई सफल पार्न सकेनन्। अन्ततः आफ्नै काकाको सहयोगमा बन्चरोले प्रहार गर्न लगाई बुवाको हत्या गरे।

Crest

भयवदर प्रहरीले इजरायलमा बसोबास गर्ने मौकाको खोजीमा आफ्नो बुबाको हत्या गर्ने षड्यन्त्र गर्ने २५ वर्षीय रामदे जोगलाई पक्राउ गरेको छ। उसले आफ्नो काका भाइ विराम (३९ वर्षे) सँग मिलेर बुबा कानाको हत्या गर्ने योजना बनाएका थिए। हत्यापछि दुर्घटना देखाएर रामदेले बुवाको बीमा रकम भारु ७० लाख दाबी गरेर इजरायलमा बसोबास गर्ने योजना बनाएका थिए।

धोराजी डिभिजनका सहायक प्रहरी उपरीक्षक सिमरन भारद्वाजका अनुसार रामदेले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकारेका छन्। ‘यो योजना पूरा गर्न रामदेले आफ्नो बुबाको नाममा जीवन बीमा पोलिसी लिएका थिए, जसमा उनको मृत्यु हुँदा भारु ७० लाख दाबी भुक्तानी हुने थियो’, भारद्वाजले भने, ‘रामदेले आफ्ना काका वीरमलाई यो योजनालाई साकार पार्न राजी गराए। रामदेले वीरमलाई १ लाख रुपैयाँ नगद र जीवनभर निःशुल्क खाना दिने प्रस्ताव राखेर विश्वासमा लिए र वीरम सहमत भए।’

त्यसपछि वीरमले आफ्ना कानामाथि बन्चरोले दुईपटक आक्रमण गरे र उनको मृत्युलाई दुर्घटनाका रुपमा लुकाउने प्रयास गरे। तर, अनुसन्धानले उनको योजनाको पर्दाफास भयो।

यो घटना हुनुभन्दा ६ महिनाअघि कानाले ४ एकड जग्गा बेचेर रामदेलाई पैसा दिएका थिए। तर, रामदेले त्यो पैसा रमाइलो र ऋण चुक्ता गर्नमा उडाइदिए। उनले एउटा एसयूभी पनि किनेका थिए।

गत डिसेम्बर ८ मा रामदेले आफ्ना बुवा कानालाई मार्ने उद्देश्यले चिसो पेयपदार्थमा विष हालेर खुवाए। तर, उनी बाँचे।

फेरि डिसेम्बर ९ मा वीरमले कानालाई रक्सी खुवाउने बहानामा फार्ममा लगे। त्यहाँ उनले कानाको टाउकोमा बन्चरो प्रहार गरे। कानाको घटनास्थलमै मृत्यु भयो।

घटनापछि वीरमले प्रहरीसँग बयानमा राजपारा–ढांक सडकमा उनको बाइक चिप्लिएपछि दुर्घटना भएको र सँगै सवार कानालाई रगताम्मे अवस्थामा फार्ममा ल्याइएको बताए। यद्यपि, बाटोमा कुनै दुर्घटना नभएपछि प्रहरीले कथामा शंका गर्यो र कडा सोधपुछपछि वीरमले अपराध स्वीकार गरे।

अनुसन्धान अधिकारी बीसी परमारले हत्यामा प्रयोग गरिएको बन्चरो बरामद भएको र दुवैलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS