IME Life New

‘फिक्स्ड डिपोजिट’ जीवन बीमालेख बिक्रीमा बागमतीबाहिर लुम्बिनी प्रदेश अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमामा बीमा अवधिभरका लागि सबै बीमाशुल्क एकमुष्ठ भुक्तानी गर्न मिल्ने गरी जारी गरिने एकल बीमाशुल्क (फिक्स्ड डिपोजिट) बीमालेख बिक्रीमा बागमती प्रदेशबाहिर लुम्बिनी अग्रपंक्तिमा देखा परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा जीवन बीमकले चालु आर्थिक वर्ष २०८१।८२ को फागुन मसान्तसम्ममा कुल १९ हजार ३९ वटा एकल बीमाशुल्क बीमालेख सक्रिय रहेको छ। यस अवधिमा यस्तो बीमालेखको बिक्रीबाट जीवन बीमकले ८६ करोड १४ लाख ३४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

Esewa
Crest

सक्रिय एकल बीमाशुल्क बीमालेख संख्याका आधारमा लुम्बिनी प्रदेश १ नम्बरमा छ भने बीमाशुल्क संकलनको आधारमा बागमती प्रदेश अगाडि रहेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार बागमती प्रदेशमा १२ हजार ३३८ सक्रिय बीमालेख हुँदा एकल बीमाशुल्कबापत फागुन मसान्तसम्ममा जीवन बीमकहरुले १ अर्ब २८ करोड २५ लाख रुपैयाँ संकलन गरेका छन्।

गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा जीवन बीमकहरुले ६६ हजार १४० सक्रिय बीमालेख हुँदा एकल बीमाशुल्कबापत १ अर्ब २८ करोड ९६ लाख रुपैयाँ संकलन गरेका थिए। चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कम्पनीहरुले ८२ हजार ७२७ सक्रिय बीमालेख हुँदा एकल बीमाशुल्कबापत ४ अर्ब २४ करोड ४१ लाख रुपैयाँ संकलन गरेका छन्।

गत आर्थिक वर्ष २०८०।८१ मा लुम्बिनी प्रदेशमा कुल १६ हजार ९३५ सक्रिय बीमालेख रहँदा एकल बीमाशुल्कबापत ८५ करोड ६८ लाख ८४ हजार रुपैयाँ एकल बीमाशुल्क संकलन गरेको थियो। गत आर्थिक वर्षमा बागमती प्रदेश एकल बीमाशुल्क आम्दानीमा दोस्रो स्थानमा रहेको थियो। बागमती प्रदेशबाट जीवन बीमकले कुल ८१ करोड ६३ लाख ७९ हजार रुपैयाँ एकल बीमाशुल्क संकलन गरेका थिए।

जीवन बीमक कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।८१ मा कुल ३ अर्ब ६९ करोड १८ लाख रुपैयाँ एकल बीमाशुल्क आर्जन गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS