IME Life New

९ महिनामा जीवन बीमकको कुल व्यापार १ खर्ब ४० अर्ब माथि, कुनले कति गरे बीमाशुल्क संकलन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२/ ८३ को चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४० अर्बमाथि कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार यी कम्पनीहरुले १ करोड १५ लाख ७१ हजार २० वटा बीमा पोलिसी बिक्री गरी कुल १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँको बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले १७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले १३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

Esewa
Crest

राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ७ अर्ब २४ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ५ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

आइएमई लाइफले ४ अर्ब ९५ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ४ अर्ब ९० करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ४ अर्ब ४४ करोड ९० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३ अर्ब १७ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS