काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२ /८३ को दोस्रो त्रैमाससम्ममा ९३ अर्ब १८ करोड माथि खुद बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा यी कम्पनीहरुले ८२ अर्ब ४ करोड खुद बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीहरुको खुद व्यापार १३ दशमलव ५७ प्रतिशतले बढी हो ।
यस समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २५ अर्ब ५३ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १५ प्रतिशतले बढी हो । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १० अर्ब ७३ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १३ प्रतिशतले बढी हो । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १० अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ८ प्रतिशतले बढी हो ।
यस अवधिमा हिमालयन लाइफले ८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ४ प्रतिशतले बढी हो । राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब २४ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ८ प्रतिशतले बढी हो । सूर्यज्योति लाइफले ५ अर्ब ७१ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १४ प्रतिशतले बढी हो ।
त्यस्तै, एशियन लाइफले ४ अर्ब ६४ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ११ प्रतिशतले बढी हो । सिटिजन लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन २२ प्रतिशतले बढी हो । सानिमा रिलाइनस लाइफले ३ अर्ब ५५ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १४ प्रतिशतले बढी हो ।
त्यसैगरी आइएमई लाइफले ३ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ३६ प्रतिशतले बढी हो । मेट लाइफले ३ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १३ प्रतिशतले बढी हो । रिलायबल नेपाल लाइफले २ अर्ब ९३करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ३२ प्रतिशतले बढी हो ।
प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७७ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन २२ प्रतिशतले बढी हो । सन नेपाल लाइफले २ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ३ प्रतिशतले बढी हो ।












