IME Life New

जीवन बीमकको ११%ले बढेर साढे ७ खर्ब नाघ्यो लगानी, कुन क्षेत्रमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्र साढे ७ खर्ब रुपैयाँ बढी लगानी गरेको पाइएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमाससम्मको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले ७ खर्ब ५७ अर्ब ३६ करोड २ लाख रुपैयाँ लगानी गरेको पाइएको हो। अघिल्लो वर्ष २०८०।८१ मा कम्पनीहरुले विभिन्न क्षेत्रमा ६ खर्ब ८२ अर्ब २९ करोड २२ लाख रुपैयाँ लगानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको लगानी ११ प्रतिशतले बढेको छ।

Esewa
Crest

तथ्यांकअनुसार विभिन्न क्षेत्रमा नेपाल लाइफको लगानी सर्वाधिक देखिएको छ। यो कम्पनीले मात्रै १ खर्ब ९२ अर्ब ७० करोड ४० लाख रुपैयाँ लगानी गरेको छ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ। यो कम्पनीले विभिन्न क्षेत्रमा १ खर्ब १६ अर्ब ८५ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ।

त्यस्तै हिमालयन लाइफले ७९ अर्ब ११ करोड १८ लाख रुपैयाँ र नेसनल लाइफले पनि विभिन्न क्षेत्रमा ७१ अर्ब ४८ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ।

विभिन्न क्षेत्रमा राष्ट्रिय बीमा कम्पनीले ६२ अर्ब ६ करोड ४७ लाख रुपैयाँ लगानी गर्दा एसियन लाइफले ४६ अर्ब ६१ करोड ४९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ४१ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ, मेट लाइफले ३१ अर्ब ५२ करोड ९ लाख रुपैयाँ, सिटिजन लाइफले २४ अर्ब १४ करोड ८५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २१ अर्ब ५ करोड ८२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १९ अर्ब ८८ करोड ३९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १७ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ, आइएमई लाइफले १७ अर्ब ५२ करोड ३ लाख रुपैयाँ र सन नेपाल लाइफले १५ अर्ब १८ करोड ८१ लाख रुपैयाँ लगानी गरेका छन्।

कुन क्षेत्रमा कति लगानी ?

  • वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा ५ खर्ब ३२ अर्ब ४९ करोड १० लाख रुपैयाँ
  • पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ७ अर्ब १७ करोड रुपैयाँ
  • विकास बैंकहरुको मुद्दति निक्षेपमा ४८ अर्ब ७० करोड २८ लाख रुपैयाँ
  • फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ७ अर्ब ६४ करोड ८५ लख रुपैयाँ

जीवन बीमकहरुले समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप बैंकहरुमा ५ खर्ब ९६ अर्ब १ करोड २३ लाख रुपैयाँ लगानी गरेको देखिन्छ। अघिल्लो वर्ष बीमकहरुले ५ खर्ब २१ अर्ब ३६ करोड १२ लाख रुपैयाँ लगानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुको मुद्दति निक्षेपमा कम्पनीहरुको लगानी १४.३२ प्रतिशतले बढेको छ।

  • नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा २ अर्ब ८० करोड ३९ लाख रुपैयाँ
  • घरजग्गामा ७५ करोड ८१ लाख रुपैयाँ
  • सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ३० अर्ब ५२ करोड २८ लाख रुपैयाँ
  • बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ५९ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ
  • सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा १९ अर्ब ३४ करोड ७३ लाख रुपैयाँ
  • कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा ११ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ
  • नागरिक लगानी कोष र म्युचुअल फन्डमा ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ
  • इन्भेस्टमेन्ट कम्पनीको शेयरमा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँ
  • अन्य संस्थापक शेयरमा १५ अर्ब ४५ करोड ४४ लाख रुपैयाँ
  • सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा १ अर्ब ६५ करोड ३ लाख रुपैयाँ
  • अन्य लगानीः १२ अर्ब ८४ करोड ५२ लाख रुपैयाँ
life insurer investment

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS