IME Life New

एक महिनामा जीवन बीमा कम्पनीको नयाँ व्यापार ३ अर्ब ४७ करोड, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२ /८३ को माघ महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले करिब साढे ३ अर्ब प्रथम बीमाशुल्क संकलन गरेका छन् । नेपाल बमिा प्राधिकरणले आज प्रकाशन वटा बीमा पोलिसी बिक्री गरी ३ अर्ब ४७ करोड ६७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । यस कम्पनीले ७६ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले ५२ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले २५ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

Esewa
Crest

सूर्यज्योति लाइफले २५ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले २५ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले २२ करोड २१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले २२ करोड १७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

एशियन लाइफले १७ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १६ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले१५ करोड ७० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १४ करोड २७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

मेट लाइफले १२ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १२ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ८ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS