IME Life New

जीवन बीमालेख समर्पण संख्या र रकम दुवै घट्यो, व्यतितको उठ्न बाँकी कति ?

SPIL
काल्पनिक तस्वीर
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।८३ को ८ महिना (साउन–फागुन)सम्म जीवन बीमालेख समर्पण संख्या र समर्पणबापतको रकम दुवै घटेको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको फागुनसम्मको बीमा प्रतिविम्बअनुसार जीवन बीमालेख समर्पण संख्यामा ८.४९ प्रतिशतको गिरावट आएको छ। यस अवधिसम्म ६५ हजार ४७७ बीमालेख समर्पण गरिएका छन्। गत आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म बीमितले कुल ७१ हजार ५५४ बीमालेख समर्पण गरेका थिए।

Esewa
Crest

समर्पण संख्या घट्दा समर्पणबापतको भुक्तानी रकम पनि घटेको छ। गत आर्थिक वर्षको फागुनसम्ममा जीवन बीमकले समर्पणबापत कुल ९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ भुक्तानी गरेका थिए। चालु वर्षको फागुनसम्म बीमितले ७ अर्ब ७८ करोड ४९ लाख रुपैयाँ भुक्तानी लिएका छन्। अघिल्लो वर्षको तुलनामा समर्पण रकम २१.१८ प्रतिशतले घटेको छ।

प्राधिकरणका अनुसार नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिना नाघेका जीवन बीमालेखको संख्यामा सामान्य घटेको छ। अघिल्लो वर्षको फागुनसम्मको तुलनामा समीक्षा अवधिमा व्यतित बीमालेख संख्या ०.०७ प्रतिशतले घटेको हो।

चालु वर्षको पहिलो ८ महिनामा १२ लाख २७ हजार ६८९ वटा बीमालेख व्यतित भएका छन्। व्यतित बीमालेखको रकम ३७ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १२ लाख २८ हजार ६०६ वटा बीमालेख व्यतितको ३६ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ रहेको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा व्यतित बीमालेखको उठ्न बाँकी २.७६ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS