IME Life New

ज्योति विकास बैंकको नाफामा उछाल, ईपीएसमा छलाङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्म अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरणअनुसार बैंकले तेस्रो त्रैमाससम्म ६२ करोड ९४ लाख खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष २०८१।८२ को यही अवधिसम्म बैंकले ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १०५.३० प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म बैंकले ८९ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४३ करोड ७९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। अघिल्लो वर्षको तुलनामा सञ्चालन मुनाफा पनि १०५.३४ प्रतिशतले बढेको छ।

चालु वर्षको पहिलो ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा ०.७८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५८ करोड ४१ लाख रुपैयाँ थियो।

चैतसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ८७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

चुक्तापुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा ४३ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने जगेडामा ३ अर्ब २२ करोड ३१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकको रिटेन्ड अर्निङ ९९ करोड ९४ लाख रुपैयाँले ऋणात्मक रहेको थियो भने जगेडामा ३ अर्ब २३ करोड ३ लाख रुपैयाँ थियो।

चालु आर्थिक वर्षको चैतसम्म बैंकले ६४ अर्ब ४९ करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकले ६० अर्ब ४८ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब २३ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

चैतसम्म बैंकको खराब कर्जा बढेर २.३६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खराब कर्जा १.३७ प्रतिशत थियो।

समीक्षा अवधिसम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १९.०९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको ईपीएस ९.३० रुपैयाँ थियो।

बैंकको पीई रेसियो १९.४३ गुणा र प्रतिशेयर नेटवर्थ १६३.४३ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS