IME Life New

एशियन लाइफले लगानी गरेको जलजले हाइड्रोले रू ६९ करोड ऋणका लागि पायो यस्तो रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स समेत प्रवर्द्धक रहेको मिल्के जलजले हाइड्रोपावर लिमिटेड (एमजेएचएल) को दीर्घकालीन कर्जा सुविधाका लागि रेटिङ एजेन्सी केयर रेटिंग्स नेपाल लिमिटेड (सीआरएनएल) बाट ‘केयर-एनपी बीबी’ को रेटिङ्ग पाएको छ।

यो रेटिङ्ग, कम्पनीले सञ्चालनमा ल्याउँदै गरेको ४.९९ मेगावाटको माथिल्लो पिलुवा हिल्स लघु जलविद्युत आयोजना (यूपीएसएचपी) को निर्माण अवधि र सञ्चालन पछिको जोखिममा आधारित छ। यसले प्राकृतिक प्रकोप, जलप्रवाहमा आधारित जलविद्युत आयोजनाको अस्थिरताजन्य जोखिमलाई पनि समेटेको छ।

Esewa
Crest

केयर रेटिङ्गसका अनुसार कम्पनीको अनुभवी र बलियो संस्थापक र अनुभवी प्रबन्धन टोली, बिजुली बेच्न न्यून जोखिम, नेपाल विद्युत प्राधिकरण (नेपाल) सँगको दीर्घकालीन बिक्रय सम्झौता (पीपीए), र सरकारले जलविद्युत क्षेत्रलाई दिने प्रोत्साहनले यो रेटिङलाई सन्तुलन गरेको छ। कम्पनीको सञ्चालक समितिका अध्यक्ष जलविद्युत व्यवसायी मन बहादुर लिम्बु हुन्। सञ्चालक समितिमा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी दिनेश लाल श्रेष्ठसँग अन्य प्रवर्द्धक पनि छन् ।

सन् २०२६ माघ ४ गतेसम्म व्यावसायिक सञ्चालन सुरु गर्नुपर्ने यो आयोजनाको निर्माण अहिले प्रारम्भिक चरणमा छ। यसमा ढिलाइ भएमा कम्पनीले दण्ड तिर्नुपर्ने र ट्यारिफ वृद्धिको सुविधा पाउन नसक्ने जोखिम छ। हिमपात, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपले आयोजनाको संरचना र सञ्चालनमा असर पार्न सक्छ। यो आयोजना पिलुवा खोलाको जल प्रवाहमा निर्भर छ, जसले गर्दा पानी चलेको मौसममा उत्पादन बढी र सुक्खा याममा घट्न सक्छ।

कम्पनीको सञ्चालक समिति र व्यवस्थापन टोलीमा जलविद्युत, वित्त र बीमा क्षेत्रका विशेषज्ञहरू छन्। विद्युत प्राधिकरणसँग ३० वर्षे विद्युत खरिद सम्झाैता अनुसार सुक्खा याममा ८.४० रुपैयाँ प्रति युनिट र वर्षायाममा ४.८० रुपैयाँ प्रति युनिटमा विद्युत बिक्री हुनेछ। जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राख्दै सरकारले १० वर्षसम्म पूर्ण र ५ वर्षको लागि आधा कर छूट दिएको छ।

आयोजना निर्धारित लागत र समयभित्र सकिएमा यसको रेटिंग सुधार हुन सक्छ। तर, निर्माणमा ढिलाई वा लागत बढी भएमा यसले कम्पनीको वित्तीय स्थितिमा नकारात्मक असर पार्न सक्छ।

मिल्के जलजले हाइड्रोपावर लिमिटेडले सङ्खुवासभा जिल्लामा ४.९९ मेगावाटको रन-अफ-द-रिभर जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो आयोजना बीओओटी (निर्माण, स्वामित्व, सञ्चालन र स्थानान्तरण) मोडेलमा सञ्चालित हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS