काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेर २,६१६ को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९ दशलमव २८ प्रतिशतका दरले कमाएका छन् । मेगा म्युचुअल फन्ड १ का इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।












