IME Life New

पाँच वर्षमा दोब्बर बढ्यो बीमा क्षेत्रको लगानी, रू. ८ खर्ब राष्ट्रिय अर्थतन्त्रमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन र निर्जीवन बीमा कम्पनीहरूले गरेको लगानी पछिल्लो पाँच वर्षको अवधिमा झण्डै दोब्बर वृद्धि भएको छ। यो अवधिमा बीमा क्षेत्रबाट भएको लगानी ३ खर्ब ६६ करोड ५३ लाख रूपैयाँले वृद्धि भएको छ।

नेपाल बीमा प्राधिकरणको ५९ औं वार्षिक प्रतिवेदनका अनुसार, आर्थिक वर्ष २०७७।७८ मा ४ खर्ब ३९ अर्ब ७१ करोड रूपैयाँ लगानी गरेको बीमा क्षेत्रको लगानी चालू आर्थिक वर्ष २०८१।८२ को चैत्र मसान्तसम्ममा ८ खर्ब ६ खर्ब २५ करोड रूपैयाँ नाघि सकेको छ।

Esewa
Crest

खर्ब भन्दा बढी जीवन बीमा कोष हुने बीमकको संख्या तीन पुगेको छ। जीवन बीमकमध्ये, नेपाल लाइफ र एलआइसी नेपालको बीमाकोषको आकार १ खर्ब भन्दा माथि छ। नेशनल लाइफ इन्स्योरेन्सको पनि बीमा कोष खर्ब नजिक पुग्दैछ।

जीवन र निर्जीवन बीमकको लगानी। श्रोतः नेपाल बीमा प्राधिकरण

जीवन तथा निर्जीवन बीमा व्यवसायको आकारमा विस्तारसँगै यो क्षेत्रबाट हुने लगानीको आकार पनि क्रमशः वृद्धि हुँदै गएको छ। आ.व. २०७७।७८ मा जम्मा लगानी २५.४८% ले वृद्धि भई  ४ खर्ब ३९ अर्ब ७२ करोड रूपैयाँ रहेको थियो। प्रत्येक आर्थिक वर्षमा २१.७५%, २३.०८%, ८.२६% ले बृद्धि हुँदै चालु आ.व. २०८१।८२ को तेस्रो त्रैमाससम्म १३.०२% ले वृद्धि भई ८ खर्ब ६ अर्ब २६ करोड रूपैयाँ पुगेको छ।

बीमा क्षेत्रको लगानीको ठूलो हिस्सा वाणिज्य बैंकको मुद्दती निक्षेपले ओगटेको छ। बीमकको वित्तीय विवरण अनुसार, कुल लगानीको ८० प्रतिशत हिस्सा मुद्दती निक्षेप केन्द्रित रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS