IME Life New

बीमकहरुले साउनमा भित्र्याए रु. २४.४१ अर्बको व्यवसाय, ६% ले बढ्यो बीमाको दायरा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।८३ पहिलो महिना साउनमा २४ अर्ब ४१ करोड रुपैयाँ बढीको व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा बीमा कम्पनीहरुले २२ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमा कम्पनीहरुको व्यवसाय ६.६९ प्रतिशतले बढेको छ।

Esewa
Crest

प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु वर्षको साउनमा २० अर्ब २ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको साउनको तुलनामा ७.७८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष साउनमा जीवन बीमा कम्पनीहरुले १८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

चालु वर्षको साउनमा जीवन कम्पनीहरुले ३ अर्ब ६३ करोड २८ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र १६ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष साउनमा कम्पनीहरुले २ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र १५ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रथम बीमाशुल्क २९.९२ प्रतिशत र नवीकरण बीमाशुल्क ४.१५ प्रतिशतले बढेको छ।

चालु वर्षको साउनसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ५८ लाख ८६ हजार ३६९ वटा रहेको छ। अघिल्लो वर्ष साउनसम्म सक्रिय बीमालेख संख्या १ करोड ३७ लाख ७ हजार २५१ वटा थियो। सक्रिय बीमालेख संख्या १५.९० प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष साउनमा कम्पनीहरुले ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १.९७ प्रतिशतले बढेको छ।

चालु वर्षको साउनमा जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५७ लाख ४२ हजार ७३५ वटा रहेको छ। जुन अघिल्लो वर्ष साउनको तुलनामा १.५२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष साउनमा यो संख्या ५६ लाख ५६ हजार ६०४ वटा थियो।

समीक्षा अवधिमा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ७५ लाख २४ हजार ३९४ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २६ लाख १९ हजार २३६ वटा रहेको छ। अघिल्लो वर्ष साउनमा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ५९ लाख ४५ हजार ६७३ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २१ लाख ४ हजार ९७४ वटा थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या २६.५५ प्रतिशत र वैदेशिक रोजगार बीमालेख संख्या २४.४३ प्रतिशतले बढेको छ।

चालु वर्षको साउनसम्म बीमाको दायरामा आएको जनसंख्या बढेर ४९.०८ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष साउनसम्म बीमाको दायरामा आएको जनसंख्या ४२.७० प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS