IME Life New

पैसा नभएर मात्र होइन, साथीभाईले गर्दा पनि हुन्छ बीमालेख समर्पणः सर्वेक्षण

SPIL
काल्पनिक तस्वीर
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीको पृष्ठभूमीमा नेपाली बजारमा जीवन बीमालेख समर्पणको पछाडी आर्थिक संकट र बीमाबारे अज्ञानता मुख्य कारण रहेको तथ्य उजागर भएको छ।

नेपाल जर्नलको खण्ड २, अंक ३ मा रविन्द्र घिमिरे, भरत सिंह थापा र विलास वाइकरको पोलिसीहोल्डर सरेण्डर बिहेभियर इन द नेप्लिज लाइफ इन्स्योरेन्स मार्केट ड्युरिड द कोभिड नाइन्टिन पेण्डेमिक शिर्षकको संयुक्त आलेखमा यस्तो तथ्य उजागर गरिएको हो। सोधपत्रको लागि अनुसन्धानमा ४४५ जना बीमितलाई बीमालेख समर्पणको कारणबारे जिज्ञासा राखिएको थियो । बीमालेख समर्पणको २७ कारणमध्ये  “आर्थिक कारण”,  “जीवन बीमालेखको ज्ञानको अभाव”  र “सामाजिक प्रभाव” प्रमुख तीन कारणको रूपमा देखिएको छ।

Esewa
Crest

जर्नलको निष्कर्षमा भनिएको छ, निष्कर्षले सुझाव दिन्छ कि आर्थिक कारण, विशेष गरी वित्तीय संकटले समर्पण गर्ने निर्णयमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छन् । त्यसपछि ज्ञान-सम्बन्धित कारक, विशेष गरी जीवन बीमाको बारेमा बुझाइको कमी। परिवार र साथीको प्रभाव जस्ता सामाजिक कारकहरू पनि महत्त्वपूर्ण रूपमा देखा परेका छन् । बीमालेख समर्पणको मुख्य कारणमा अभिकर्ताको व्यवहार र कम्पनी-सम्बन्धित पक्षहरू तुलनात्मक रूपमा कम महत्त्वपूर्ण थिए।

जर्नलमा लेखिएको छ, पेशा, शिक्षा र उमेर जस्ता जनसांख्यिकीय विशेषताले बीमालेख समर्पण निर्णयहरूमा महत्त्वपूर्ण प्रभाव पारेको पाइएको थियो, यूवा व्यक्तिहरूले तत्काल वित्तीय दबाबका कारण आफ्ना बीमालेख समर्पण गर्ने सम्भावना बढी हुन्छ।

सामाजिक पारिवारिक सम्बन्धले पनि नेपाली समाजमा व्यक्तिगत निर्णयलाइ कसरी प्रभावित पार्छ भन्ने तथ्य पनि यो सर्वेक्षणले उजागर गरेको छ। सर्वेक्षणको नतिजा तालिकाको पहिलो चतुर्थक(क्वार्टाइल) मा ४२ प्रतिशत “परिवार र साथीको सुझाव” का कारण बीमालेख समर्पण गर्नुपरेको पाइएको छ। परिवार र साथीभाइको सुझावमा बीमालेख समर्पणको निर्णय गरिएको उनीहरूको प्रतिकृया थियो ।

नेपालको जीवन बीमा उद्योगले उच्च समर्पण दरको कारणले गर्दा एउटा महत्त्वपूर्ण चुनौतीको सामना गरिरहेको छ। कोरोना कोभिड-१९ महामारीको समयमा विशेष गरी समर्पण दर उल्लेख्य बढेको थियो। अनुसन्धानमा २०२०-२०२१ को अवधिमा बीमालेख समर्पण गरिसकेका ४४५ बीमितबाट प्रश्नावली सर्वेक्षण मार्फत प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको थियो।

आलेखमा बीमालेख समर्पणका २७ कारणलाई चार खण्डमा विभाजन गरिएको थियो । बीमालेख समर्पणमा अभिकर्ताको भूमिका पनि प्रभावकारी मानिएको छ। बीमाबारे ज्ञानको अभाव ठूलो चुनाैती भएको उल्लेख गर्दै सोधपत्रले बीमितलाई शिक्षित गर्ने जिम्मेवारी मुख्यतः अभिकर्ताको काँधमा रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS