IME Life New

बीमा कम्पनीहरुले थोरै होइन मनग्य गर्छन् दाबी भुक्तानी, ५ वर्षमै साढे ३ खर्ब भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले बीमालेखको प्रस्ताव स्वीकार्दा जति सौहाद्रता र द्रूतता देखाउँछन्, दाबी दिने समयमा ठीकविपरीत व्यवहार हुन्छ। कागजी प्रक्रियाका झन्झट, विभिन्न कागज प्रमाणहरुको संकलन, अनुसन्धानका नाममा दुःख दिने गुनासो प्रायः सुनिँदै आएको छ। अझ बीमा कम्पनीले पैसा असुल्छ मात्रै तर दाबी दिंदैन भन्नेहरु पनि उत्तिक्कै छन्।

तर, यी सबैलाई निष्तेज पार्ने गरी तथ्यांकले भने केही बेग्लै तस्बिर पस्केको छ। पछिल्लो ५ वर्षको अवधिमा जीवन र निर्जीवन बीमा कम्पनीबाट बीमितले कुल ३ खर्ब ५० अर्ब २५ करोड रुपैयाँ दाबी भुक्तानी लिइसकेका छन्।

Esewa
Crest

 

आर्थिक वर्ष दाबी भुक्तानी रकम (रू करोडमा)
२०७७।७८ ५,०७०.४५
२०७८।७९ ६,८६२.४७
२०७९।८० ८,४४२.६४
२०८०।८१ ८,४४९.८२
२०८१।८२८ चैत्र मसान्तसम्म ६,२००.२३
जम्मा ३५,०२५.६१

बीमा कम्पनीहरुले भुक्तानी दिएको रकम बीमा कोषमा जम्मा भएको रकमको झन्डै ४० प्रतिशत हाराहारी छ। प्राधिकरणको ५९ औँ वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०७७।७८ देखि २०८१।८२(चैत्र मसान्तसम्म) को अवधिमा जीवन बीमकले कुल २ खर्ब ५४ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी दिई सकेका छन्। जीवन बीमा कम्पनीबाट प्राप्त दाबीबाट यो अवधिमा कुल ११ लाख १९ हजार बीमित तथा तिनका आश्रित लाभान्वित भइसकेका छन् ।

त्यसैगरी निर्जीवन बीमकले क्षतिपूर्ति दाबीबापत बीमितलाई कुल ९५ अर्ब ६८ करोड रुपैयाँ दाबी भुक्तानी दिएका छन्। निर्जीवन बीमकले ६ लाख ८१ हजार बीमा दाबीबापत यो रकम दाबी भुक्तानी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS