IME Life New

बीमा व्यापार बढेर रु. १.३८ खर्ब नाघ्यो, विस्तार भने कछुवाको गतिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ फागुनसम्म १ खर्ब ३८ अर्ब रुपैयाँको व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्म बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ४ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्षको फागुनसम्म बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ८५ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमा कम्पनीहरुको व्यवसाय १०.५६ प्रतिशतले बढेको छ।

Esewa
Crest

हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन्।

तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुनसम्म १ खर्ब ९ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

चालु आर्थिक वर्ष फागुनसम्म जीवन कम्पनीहरुले २३ अर्ब ८० करोड ८० लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ८५ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले १८ अर्ब ७२ करोड ५१ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रथम बीमाशुल्क २७.१४ प्रतिशत र नवीकरण बीमाशुल्क ७.२२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ४२ लाख ३८ हजार ६४८ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म सक्रिय बीमालेख संख्या १ करोड ३८ लाख ७ हजार २४९ वटा थियो। बीमालेख संख्या ३.१२ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको फागुनसम्म निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब ६० करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले २६ अर्ब २८ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ८.९१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५३ लाख ८८ हजार ७९४ वटा रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा १.९१ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म यो संख्या ५४ लाख ९३ हजार ७८६ वटा थियो।

चालु आर्थिक वर्षको फागुनसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६४ लाख १३ हजार ६३३ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २४ लाख ३६ हजार २२१ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६३ लाख ४ हजार ११२ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २० लाख ९ हजार ३५१ वटा थियो। अघिल्लो वर्षको तुलनामा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या १.७४ प्रतिशतले घटेको छ भने वैदेशिक रोजगार बीमालेख संख्या २१.२४ प्रतिशतले बढेको छ।

बीमा व्यापारको आकार बढे पनि विस्तार भने सुस्त नै देखिएको छ। समीक्षा अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या थोरै बढेर ४४.१७ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या ४३.१६ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS