काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले प्रधानमन्त्री विपद् राहत कोषमा १२ लाख १ हजार १ सय ११ रूपैयाँ योगदान गरेको छ। पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओम बहादुर केसीले अन्य पदाधिकारीसहितको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग राशी बराबरको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरणका क्रममा संघका वरिष्ठ उपाध्यक्ष कल्याण विक्रम पाण्डे र कोषाध्यक्ष नानीमैया सापकोटाको समेत उपस्थिति रहेको थियो।
अध्यक्ष केसीका अनुसार, नेपाल लाईफ बीमक समिति, नेशनल लाईफ बीमक समिति, एलआइसी नेपाल बीमक समिति, हिमालयन लाईफ बीमक समिति, राष्ट्रिय जीवन बीमा कम्पनी बीमक समिति, सन नेपाल लाईफ बीमक समिति, एशियन लाईफ बीमक समिति र प्रभु महालक्ष्मी लाईफ बीमक समितिको तर्फबाट उपलब्ध गराइएको सहयोग राशी एकमुष्ठरूपमा संघको तर्फबाट विपद् राहत कोषमा हस्तान्तरण गरिएको हो ।












