IME Life New

भारतः अभिकर्ताको कमिसन कटौतीको प्रस्तावसँगै बीमा कम्पनीको शेयरमूल्यमा भारी गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा बजारमा नियामक भारतीय बीमा विकास तथा नियामक प्राधिकरणले स्वास्थ्य बीमामा अभिकर्ताका लागि २० र मध्यस्थकर्ताका लागि १५ प्रतिशत कमिसनको सीमा प्रस्ताव गरेको छ। यसले बिहीबार भारतीय शेयर बजारमा पोलिसी बजार, एडीएफसी लाइफ इन्स्योरेन्स र टर्टलमिन्टको शेयरभाउ एक्कासी झरेको छ।

वितरका लागि कमिसन दर १५ प्रतिशत र अभिकर्ताका लागि १५ प्रतिशतमा सीमित गर्ने प्रस्ताव गरिएको छ। यसैगरी नियामकले बीमालेख नवीकरणमा वितरकको कमिसन ५ र अभिकर्ताको कमिशन १० प्रतिशतमा सीमित गर्ने भएको छ।

Esewa
Crest

अब बीमालेखको प्रकृतिमा आधारित वितरक वा अभिकर्ता कमिसनको अधिकत्तम सीमा पुनः लागू गर्ने तयारी गरेको छ। सन् २०२३ मा कमिसनको अधिकतम सीमालाई नियामकले बजार प्रतिस्पर्धाका आधारमा निर्धारण गर्न बीमकको सञ्चालक समितिलाइ निर्णय गर्न स्वतन्त्र छोडेको थियो । यसले कमिसनको दर ४० देखि ४५ प्रतिशतसम्म पुगेको थियो । अब नयाँ प्रावधान लागू भएमा उल्लेख्य नियन्त्रण हुनेछ।

अब बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको सुरक्षाका लागि ऋणीसँग अनिवार्य रुपमा गराइने एकल बीमाशुल्क जीवन बीमाको कमिसन २ प्रतिशत प्रस्ताव गरिएको छ। बैंक तथा वित्तीय संस्थाले बीमालेख बिक्री गर्न कर्मचारीका लागि लक्ष्य तोक्दै उच्च प्रोत्साहनसमेतको व्यवस्था गरेपछि सर्वसाधारणलाई जबरजस्ती उच्च मूल्यको जीवन बीमा गराउने प्रवृत्ति बढेको थियो । विकृति देखिएपछि बीमा नियामकले यसमा हस्तक्षेप गर्दै अधिकतम सीमा २ प्रतिशतमा सीमित गर्ने भएको हो।

तेस्रो पक्ष अनिवार्य मोटर बीमामा वितरकको कमिसन शून्यमा झार्न प्रस्ताव गरिएको छ। नियामकले कानूनले नै बाध्यकारी गरेको बीमालेखको बिक्रीमा ठूलो कमिसन किन चाहियो भन्दै शून्यमा झार्न लागेको हो।

यसैगरी प्रत्यक्ष कमिसन थोरै देखाएर अभिकर्तालाइ विदेश भ्रमण, विलासी उपहार वा अन्य कुनै पुरस्कार दिएको अवस्थामा ती सबै खर्च समेत सम्बन्धित अभिकर्तालाई उपलब्ध गराइने कमिसनका रुपमा गणना हुनेछ।

कुनै बीमा कम्पनीको वेबसाइटमा बीमाशुल्कबारे जानकारी लिन वा गणना गर्नका लागि बीमितले आफ्नो पुरा नाम र मोबाइल नम्बर समेत प्रविष्ट गर्नुपर्ने बाध्यात्मक अवस्थाबाट मुक्ति दिलाउने भएको छ। बीमाशुल्कबारे जानकारी नपाए पनि बिक्री प्रतिनिधिले सम्पर्क गरेर हैरान पार्ने प्रवृत्ति छ।

बीमा अभिकर्ताले बीमालेखलाई मुद्दति निक्षेप भनेर बेच्यो र बीमालेख बन्द गर्ने समयमा हुन सक्ने नोक्सानीका बारे जानकारी दिएन वा बीमितको आय स्रोतलाई नजरअन्दाज गर्दै महँगो बीमाशुल्कको बीमालेख बिक्री गर्यो भने उसको पहिचान बीमालेखसँग जोडिएको हुनेछ र खराब बिक्रयको जानकारी सार्वजनिक हुन सक्छ र कमिसन फिर्ता खोसिन पनि सक्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS