IME Life New

बागमती प्रदेशमा रु. ५०.१८ अर्बको जीवन बीमा व्यवसाय, अन्य प्रदेशमा कति ? (बजार हिस्सासहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिना (साउन–माघ)सम्म १ खर्ब १३ अर्ब रुपैयाँ बढीको जीवन बीमा व्यापार भएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघसम्मको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले १ खर्ब १३ अर्ब ७१ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। हाल नेपालमा १४ वटा जीवन बीमक र ३ वटा लघु जीवन बीमक छन्।

Esewa
Crest

चालु आर्थिक वर्षको माघसम्म जीवन बीमकहरुले सबैभन्दा धेरै व्यापार बागमती प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले ५० अर्ब १८ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा बागमतीको हिस्सा ४४.१४ प्रतिशत रहेको छ।

यसैगरी कम्पनीहरुले दोस्रो धेरै जीवन बीमा व्यवसाय लुम्बिनी प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले १७ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा लुम्बिनीको हिस्सा १५.७३ प्रतिशत रहेको छ।

जीवन बीमा व्यापारको हिसाबले कोशी प्रदेश तेस्रो ठूलो बजार देखिएको छ। कम्पनीहरुले यो प्रदेशबाट १३ अर्ब ५३ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा कोशी प्रदेशको हिस्सा ११.९१ प्रतिशत रहेको छ।

माघसम्म जीवन बीमकहरुले गण्डकी प्रदेशबाट ११ करोड ६२ लाख ६ लाख रुपैयाँ (१०.१० प्रतिशत), मधेश प्रदेशबाट १० अर्ब २२ करोड ३७ लाख रुपैयाँ (८.९९ प्रतिशत), सुदूरपश्चिम प्रदेशबाट ६ अर्ब ८४ करोड ३७ लाख रुपैयाँ (६.०२ प्रतिशत) र कर्णालीबाट ३ अर्ब ४० करोड ६५ लाख रुपैयाँ (३.०१ प्रतिशत) बीमाशुल्क संकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS