IME Life New

आईसीएफसी फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईसीएफसी फाइनान्सले आज फागुन ११ गतेबाट ऋणपत्र जारी गर्दैछ । कम्पनीले ५० करोड रुपैयाँबराबरको ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। जसअनुसार कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

कुल इकाइमध्ये कम्पनीले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी २० लाख इकाइ ९५ प्रतिशतले हुन आउने १० हजार इकाइ सामूहिक लगानी कोषलाई०मा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

Esewa
Crest

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा २ लाख इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते बैंकिङ समयपछि हुनेछ।

आईसीएफसी फाइनान्सको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS