IME Life New

विवादपछि गृहमन्त्री सुधन गुरूङको राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ति शुद्धीकरणको विवादमा तानिएका व्यापारीसँगको सम्बन्धका कारण विवादित बनेपछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्।

गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बुधबार राजीनामा बुझाएका हुन् । उनले यसबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन्।

Esewa
Crest

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको व्यापारी दीपक भट्टसम्बद्ध कम्पनीमा शेयर कारोबार गरेको र आफ्नो सम्पत्तिको विवरणमा दुई लघु बीमा कम्पनी स्टार माइक्रो र लिबर्टी माइ्रको लाइफको शेयर खरिद सम्बन्धमा नखुलाएको, सम्पत्तिको स्रोत अपारदर्शी भएकोलगायतका विषयमा आलोचनासहित आमसञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनको आलोचना बढेपछि अन्ततः गुरुङ राजीनामा गर्न बाध्य भएका हुन्।

गुरुङले बुधबार मध्यरातसम्म पनि गृह मन्त्रालयका उच्च अधिकारी, प्रहरी अधिकृतहरुलगायतसँग छलफलमा थिए। उनले आफ्नो बचाउमा सामाजिक सञ्जालबाटै शेयर लगानीको स्रोत खुलाउने प्रयत्न गरेका थिए। यद्यपि उनले कपाली तपसुकलाई लघु बीमा कम्पनीहरुको संस्थापक शेयरमा नगद लगानीको स्रोतका रुपमा खुलाएपछि झनै विवाद बढेको थियो।

‘म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पछिल्ला दिनहरुमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रुपमा लिएको छु।’

आफ्ना लागि पदभन्दा ठूलो कुरा नैतिकता रहेको र जनविश्वासभन्दा ठूलो शक्ति कुनै नहुने गुरुङले उल्लेख गरेका छन्। ‘आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ’, उनले लेखेका छन्, ‘मेरा ४६ जना भाइबहिनीको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।’

‘त्यसैले मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिट अफ इन्ट्रेट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु’, गुरुङले भने।

गुरुङले भनेका छन्, ‘मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरु, आमनेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरु, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ। कति मिडियाकर्मी साथीहरुको कहाँ–कहाँ स्विट शेयर छ विस्तारै आउला, रामराज्यको चाहना राख्नेहरुले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS