काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले आज असार २४ गतेदेखि दोस्रो चरणको आइपीओ बिक्री खुला गर्दैछ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका आइपीओ जारी गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ११ करोड १९ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ दरका कुल ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्नेछ।

















