IME Life New

आगामी आर्थिक वर्षको बजेटमा यस्ता छन् सरकारका प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट पेस गरिरहेका छन्।

संसदको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेट पेस गरिरहँदा सरकारका प्रतिबद्धता सार्वजनिक गरेको छ। उनले मुलुकलाई निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणको जोखिमबाट निगरानी सूचीबाट बाहिर निकाल्ने सरकारको प्रतिबद्धता रहेको सुनाए।

Esewa
Crest

यसैगरी अर्थतन्त्रको विश्वसनीयता अभिवृद्धि गर्नु सरकारले महत्वपूर्ण कार्यसूची हुने र पहिलो सार्वभौम क्रेडिटबाट प्राप्त उत्साहजनक नतिजालाई बाह्य पुँजी परिचालन गर्दै माथिल्लो रेटिङ प्राप्त गर्न आर्थिक सुधारका कार्य अगाडि बढाइने पौडेलले बताए।

निजी क्षेत्रको मनोबल बढाउन र लगानीको वातावरण सिर्जना गर्न अध्यादेशमार्फत गरिएको कानुनी सुधारबाट निजी क्षेत्र उत्साहित भएको पौडेलको भनाइ थियो। ‘सार्वजनिक लगानीलाई प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गरी निजी क्षेत्र पुँजी र प्रवृत्तिलाई आकर्षित गर्दै आर्थिक क्रियाकलापमा गुणात्मक वृद्धि गरिनेछ’, उनले भने।

आर्थिक वृद्धि उच्च योगदान गर्ने क्षेत्रमा थप नीतिगत र कानुनी प्रक्रिया सुधार गर्दै निजी क्षेत्र आर्थिक समृद्धि प्रमुख संवाहको भूमिकामा स्थापित गरिने पौडेलले बताए। ‘उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझाव क्रमशः कार्यान्वयन गरिनेछ’, उनले भने।

पौडेलका अनुसार सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न र सन् २०२६ विकासशील राष्ट्रमा स्तरोन्नति भएपश्चात हुन सक्ने लगानीको न्यूनता पूरा गर्न स्रोतको विविधीकरण गरिनेछ। ‘वैदेशिक रोजगारीमा नेपालीलाई स्वदेशमा रोजगार बन्न आकर्षित गरिनेछ’, उनले भने, ‘नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गरी युवा रोजगार लक्षित गर्ने कार्यक्रम सञ्चालन गरिनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS