काठमाडौं । सरकारले सबै भौतिक पूर्वाधारको प्राथमिकीकरण गर्ने योजना ल्याएको छ।
संघीय संसदको संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम सार्वजनिक सरकारको योजना सुनाएका हुन्। ‘यसअघिका सरकारहरुले सञ्चालन गर्ने भनेका सबै भौतिक पूर्वाधारलाई प्राथमिकीकरण गर्दै आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने योजनाहरुलाई अगाडि बढाउनेछौँ’, उनले भने।
निर्माणाधीन तथा निर्माण गर्न सकिने सबै परियोजनाको स्रोत आँकलन गर्ने र निर्माण नसकिने स्थगन गर्ने तथा त्रुटिपूर्ण आयोजनालाई खारेज गर्ने नीति सरकारले अवलम्बन गर्ने भएको छ।