काठमाडौं । सरकारले बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने नीति लिएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बीमा सूचना केन्द्र कार्यान्वयनलाई प्राथमिकता दिइएको हो। बीमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाउन सूचना केन्द्र स्थापना गर्ने नीति सरकारले लिएको हो।
संघीय संसदको संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेस गर्दै यसबारेमा जानकारी गराएका हुन्। भौतिक सम्पत्ति बीमालाई प्रवर्द्धन गरिने पनि सरकारको नीति छ।
ग्रामीण तथा विपन्न वर्गलाई बीमामा समेट्न बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना पनि सरकारको रहेको छ।