काठमाडौं । नेपाली बजारमा गत असार १९ गतेदेखि सुन चाँदीको कारोबार भएको थिएन । ९ दिनपछिको कारोबारमा सुन सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ। गत असार १९ गते छापावाल सुनको भाउ प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार २२० रुपैयाँ कायम भएको छ। गत असार १९ गते चाँदी तोलामा २ हजार १७० रुपैयाँमा कारोबार भएको थियो।

















