IME Life New

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत भदाै २३ र २४ गते भएको ‘जेन जी’ आन्दोलनका क्रममा दमन गरेको विषयमा कारवाहीका लागि प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाइ नियन्त्रणमा लिएको छ।

ओलीलीलाई शनिबार बिहान भक्तपुर गुण्डुस्थित निवासबाट र लेखकलाइ ललितपुरस्थित निजको निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

Esewa
Crest

पूर्व न्यायाधिश गाैरी बहादुर कार्की नेतृत्वको छानबिन आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री लेखक लगायतलाई  दोषी ठहर गर्दै कारवाहीका लागि सिफारिश गरेको छ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गरे लगत्तै कार्की आयोगको प्रतिवेदनको सिफारिशका आधारमा तत्कालीन सरकारका पदाधिकारीविरूद्ध कारवाही गर्ने निर्णय गरेका थिए। प्रधानमन्त्री शाहले प्रतिवेदनमा औंल्याइएको सुरक्षाकर्मीविरूद्धको कारवाहीका सम्बन्धमा अध्ययन पछि मात्र निर्णय लिइने बताएका थिए ।

‘जेन जी’ आन्दोलनमा भएको दमनमा संलग्न विरूद्ध कारवाही गर्न डराएको भन्दै अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै आएका यूवा नेता सुधन गुरूङ अहिले नवगठित मन्त्री परिषदमा गृहमन्त्रीको जिम्मेवारीमा छन् ।

यसैबीच गृहमन्त्री गुरूङले सामाजिक सञ्जाल फेसबुकमा सन्देश राख्दै भनेका छन्, ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS