IME Life New

नेपालीहरुले नै गर्न सक्ने कामका लागि विदेशीलाई गुहार्नु नपरोस्ः अर्थमन्त्री वाग्ले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालीहरुले नै गर्न सक्ने कामका लागि विदेशीलाई गुहार्नु नपर्ने अवस्था सिर्जना बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६० औँ वार्षिक साधारणसभाका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्। ‘हामीजस्तो सानो देशका लागि ठूला पुँजी निर्माण गर्न अतिआवश्यक छ’, उनले भने, ‘त्यसका लागि सरकार लागिपरेको छ। निजी क्षेत्रले पनि आफ्नो क्षमताका आधारमा खरो उत्रिनुपर्ने बेला छ। नेपालीले नै गर्न सक्ने कामका लागि विदेशीलाई गुहार्नु नपरोस्।’

Esewa
Crest

पुँजी जुटाएरै नेपालको विकासको बाटोमा डोर्याउनुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ थियो। ‘यसका लागि निजी क्षेत्र, डायसपोरा र विदेशीसँग सरकारले सहकार्य गर्छ’, उनले भने।

अर्थमन्त्री वाग्लेले नेपालजस्तो विकासउन्मुख देशले जति बचाउन सक्यो र जति लगानी गर्न सक्यिो, त्यति नै छिटो आर्थिक विकास हुने बताए। ‘यसका लागि हाम्रा नीतिहरु र प्रोत्साहनहरु त्यतैतिर सोझ्याउनुपर्छ भन्ने मान्यताका साथ सरकार अगाडि बढेको छ।’

आगामी आर्थिक वर्षका लागि निजी क्षेत्रले आफ्ना जायज सुझाव दिन पनि अर्थमन्त्री वाग्लेले आग्रह गरे। एएनसीसीआई, सीएनआई, नेपाल चेम्बर अफ कमर्सले गर्दै आएका माग राज्यको ल्याकतले भ्याएसम्म सम्बोधन गरिने पनि उनले प्रतिबद्धता व्यक्त गरे।

देशको अर्थतन्त्र विकासका लागि निजी क्षेत्र सरकारको सारथिमात्र नभएर संवाहक नै बनेर अगाडि जानुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ थियो। ‘त्यसैले तपाइँ–हामी मिलेर अगाडि बढाऔँ। किनकि हामीले नै यो देश बनाउनुछ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS