IME Life New

करिब १९%ले बढ्यो विदेशी मुद्रा सञ्चिति, १७ महिनाको वस्तु आयात धान्न पर्याप्त, निर्यातमा उल्लेख्य वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय मुलुकमा विदेशी मुद्रा सञ्चिति बढेको छ। विदेशी मुद्रा सञ्चिति १७ महिनाको वस्तु आयात धान्न पर्याप्त रहेको देखिन्छ। मुलुकबाट हुने निर्यातमा पनि उल्लेख्य वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ असार मसान्तमा रु. २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई २०८१ चैत मसान्तमा रु. २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको ९ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

यो ९ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ८८ अर्ब २० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.७ प्रतिशतले कमी आएको थियो।

चालु आर्थिक वर्षको चैतसम्म कुल वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई रु. १३ खर्ब ९ अर्ब ५३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.८ प्रतिशतले कमी आएकोे थियो।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ६.४ प्रतिशतले वृद्धि भई रु. ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.८ प्रतिशतले कमी आएकोे थियो।

चैतसम्म चालु खाता रु. २ खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. १ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा रहेको छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ५५ करोडले बचतमा रहेको छ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १०.० प्रतिशतले वृद्धि भई रु. ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो।

२०८१ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.६१ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS