IME Life New

वैदेशिक रोजगार ठगी: एकै महिनामा सयौँ विरुद्ध मुद्दा दर्ता, करोडौँ रकम ठगी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार विभागले व्यक्तिगत रूपमा वैदेशिक रोजगारको प्रलोभन देखाई ठगी गर्ने व्यक्तिहरू विरुद्ध परेको उजुरी र दर्ता भएका मुद्दाहरूको विस्तृत विवरण सार्वजनिक गरेको छ। विभागको अनुसन्धान तथा मुद्दा शाखाका अनुसार मिति २०८२ फागुन १७ देखि २०८२ चैत १७ सम्मको एक महिनाको अवधिमा ठूलो संख्यामा ठगीका उजुरीहरू दर्ता भएका छन्।

वैदेशिक रोजगार सम्बन्धी व्यक्तिगत ठगी (कसूर मुद्दा)। दर्ता गरिएका छन् । विभागका अनुसार, क्यानडा, रोमानिया, क्रोएसिया, ग्रीस, स्लोभाकिया, जापान, युएई (दुबई), अजरबैजान, र बेलायत लगायतका देश पठाउने भन्दै ठगी गरिएको पाइएको छ।

Esewa
Crest

विभागले प्रकाशन गरेको विवरणमा उल्लेख भए अनुसार केही व्यक्तिहरूले निकै ठूलो रकम ठगी गरेको देखिन्छ।

विभागका अनुसार, बद्री सिलवाल र केदार प्रसाद सिलवाल समूहले स्लोभाकिया पठाउने भन्दै रु ८५,०००,००० (८५ लाख) ठगी गरेको अभियोगमा मुद्दा दर्ता भएको छ। यसमा हर्जाना सहित कुल बिगो रु १,२७,५०,००० दाबी गरिएको छ। यसैगरी गोमा कार्की र समूहले क्यानडा पठाउने प्रलोभनमा रु ४७,२८,७०० ठगी गरेको देखिएको छ। साथै रेजिना मगर र चन्द्र कुमार मगर समूहले ग्रीस पठाउने भन्दै रु २७,२६,००० ठगी गरेको जाहेरी परेको छ। सरिता बस्नेत र समूहले साइप्रस पठाउने भन्दै रु २५,००,००० ठगी गरेको विवरणमा उल्लेख छ।

वैदेशिक रोजगार विभागले यी सबै मुद्दाहरूमा अनुसन्धान अगाडि बढाइसकेको जानकारी दिएको छ। विभागले सर्वसाधारणलाई व्यक्तिगत रूपमा कसैलाई पनि रकम नबुझाउन र वैदेशिक रोजगारमा जानुअघि सम्बन्धित म्यानपावर कम्पनीको आधिकारिकता जाँच गर्न आग्रह गरेको छ।

वैदेशिक रोजगारका नाममा हुने यस्ता ठगी नियन्त्रण गर्न र पीडितलाई न्याय दिलाउन विभागले कडा कदम चालिरहेको छ।” – वैदेशिक रोजगार विभाग निर्देशक बिन्दा आचार्यले भनिन् ।

प्रकाशित विवरणले वैदेशिक रोजगारको क्षेत्रमा अझै पनि व्यक्तिगत तहमा ठूलो आर्थिक जोखिम रहेको पुष्टि गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS