IME Life New

त्रैमासिक किस्ता रकम जम्मा नगर्दा रु. ३० लाखको दाबी भुक्तानीबाट वञ्चित भए आश्रित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका एक बीमितले त्रैमासिक किस्ताबापतको रकम भुक्तानी गर्न चुक्दा उसको आश्रित परिवारजन ३० लाख रुपैयाँ जीवन बीमा दाबीबाट वञ्चित हुन पुगेका छन् ।

२०७६ साल पुसमा ३० लाख रुपैयाँ बीमांकको ८ वर्षे जीवन बीमा गराएका बीमित मधुसुदन थापाले दोस्रो किस्ता भुक्तानी नगर्दै २०७७ चैत १९ गते निधन भएको थियो। थापाले त्रैमासिक किस्ताबापत पहिलो किस्ताको रकम मात्र भुक्तानी गरेका थिए। दोस्रो किस्ता भुक्तानी गर्ने अवधि व्यतित भएर ३० दिनको मोहलत अवधिसमेत व्यतित भइसकेपछि बीमितको मृत्यु भएको थियो।

Esewa
Crest

निजको छोरा आइरिस थापाले २०७८ असार ३० गते नेपाल बीमा प्राधिकरण (साबिक बीमा समिति)मा दाबी भुक्तानी दिलाउन माग गर्दै नेपाल लाइफ इन्स्योरेन्सविरुद्ध उजुरी गरे। नवीकरण बीमाशुल्क तिर्ने म्याद गुज्रिसकेकोले बीमितको बीमालेख स्वतः रद्द भइसकेको भन्ने जानकारी प्राप्त भएकोले आवश्यक छानबिन गरी बीमा दाबी रकम नियमानुसार भुक्तानी दिलाई पाउँ बीमा रकम उपलब्ध गराई पाउँ भन्दै आइरिसले उजुरी निवेदन दर्ता गराएका थिए।

उजुरीको सम्बन्धमा छानबिनका लागि प्राधिकरणले नेपाल लाइफसँग आश्रितको माग दाबी सम्बन्धमा लिखित जबाफ माग्यो। जबाफमा नेपाल लाइफले बीमितका तर्फबाट बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी नगरिएको र बीमालेख व्यतित भइसकेको अवस्थामा बीमितको निधन भएकाले दाबी नलाग्ने जबाफ दियो।

प्राधिकरणले २०७९ साल भदौ ९ गते मुद्दाको फैसला गर्दै बीमालेखअनुसारको नवीकरण अवधि र मोहलत अवधिसम्म पनि बीमाशुल्क भुक्तानी नगरेको अवस्थामा निज बीमितको मृत्यु भएको, बीमालेखको सामान्य सर्त नं.१ (ग) मा ‘पूरा २ वर्षको बीमाशुल्क भुक्तानी नहुँदै बीमालेख व्यतित भएमा पुनर्जागरण नगरिएसम्म बीमालेख अन्तर्गत बीमकको कुनै दायित्व रहने छैन’ भन्ने व्यवस्था उल्लेख भएको कारण जनाउँदै बीमाको आधारभूत सिद्धान्त एवं उल्लेखित सर्तबमोजिम बीमकको दायित्व उत्पन्न नहुने भएकाले निवेदकको माग दाबी खारेज गरेको थियो।

किन जरुरी छ नियमित किस्ता ?

जीवन बीमालेखअन्तर्गतको सुविधा कायमै राख्न बीमितले नियमित रुपमा बीमाशुल्क किस्तावापतको रकम भुक्तानी गर्नुपर्छ। बीमाशुल्क किस्ताबापतको रकम भुक्तानी गर्न चुकेको अवस्थामा बीमित वा निजको आश्रितले बीमालेखअन्तर्गतको सुविधा र दाबी रकमसमेत प्राप्त गर्नबाट वञ्चित हुने अवस्था आउन सक्छ। त्यसैले जीवन बीमा गरिसकेपछि योजना बनाएर वर्षभर दैनिक, साप्ताहिक वा मासिक रुपमा स–सानो रकम बचत गर्दै किस्ताको रकम जोहो गर्न सम्भव हुन्छ।

थोरै पैसा आम्दानी गर्नेले किस्ता रकम तिर्ने बेलामा एकै पटक सबै रकम जोहो गर्छु भन्ने सोच्दा व्यवहारमा रकम जोहो गर्न निक्कै कठिनाइ हुन्छ। त्यसैले आम्दानीको नियमित तर सीमित स्रोत छ भने स–सानो रकम बचत गरेरै बीमाको किस्ता रकम जोहो गर्नु बुद्धिमानी र उपयुक्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS