काठमाडौं । अर्थ मन्त्रालयले वृद्ध भत्ता पाउने उमेर बारे मन्त्रालयमा कुनै छलफल नभएको बताएको छ।
राज्यकोषमा बढ्दो व्ययभार नियन्त्रण गर्न सरकारले वृद्ध भत्ता.वितरणका.लागि उमेर.हद ७५ वर्ष पुर्याउन लागेको भन्दै सामाजिक सञ्जालमा चर्चा हुनथालेपछि अर्थ मन्त्रालयले स्पष्टीकरण दिएको हो।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै भनेको छ,वृद्ध भत्ता पाउने उमेर बारे टिकाटिप्पणीमा कुनै सत्यता छैन । यस सम्बन्धमा मन्त्रालय र माननीय ज्यूले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहान्छौ।












