IME Life New

बजेट यथार्थपरक रहेको अर्थमन्त्रीको दाबी, बजेटले लिएका उद्देश्य पूरा गर्ने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि यथार्थपरक बजेट ल्याएको दाबी गरेका छन्।

इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आर्थिक वर्ष २०८२।८३ को बजेटका सम्बन्धमा छलफलका लागि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आफूले लोकप्रियभन्दा पनि यथार्थमा आधारित भएर बजेट निर्माण गरेको बताएका हुन्। ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बनेको अर्थमन्त्रीले हुँदा लोकप्रिय बजेट ल्याउँछ भन्ने समाजमा मानसिकता छ तर यसपटक मैले लोकप्रियताको खोजीभन्दा पनि यथार्थपरक बजेट बनाउने प्रयास गरेको छु’, उनले भने, ‘के गर्दा लोकप्रिय भइएला भन्दा पनि के गर्दा अनुशासित भइएला ? स्रोत व्यवस्थापनको दायरा कसरी बढाउन सकिएला र खर्च व्यवस्थापन गर्न सकिएला भन्ने सोचमा केन्द्रित भइ बजेट निर्माण गरेको छु।’

Esewa
Crest

मन्त्री पौडेलले बजेटसम्बन्धमा आएका सबै विचारलाई आफूले सम्मान गर्ने उल्लेखसमेत गरे। यसपटक अर्थमन्त्रीका रुपमा आफैँले बजेट निर्माण गर्दा संयमित, अनुशासित भएको समेत बताए। ‘बजेटका स्रोत व्यवस्थानका विषयमा देखिएको सीमालाई ख्याल राखेर बजेट निर्माण गरिएको छ, अनिवार्य दायित्वको आकार बढेको छ, त्यसको पनि व्यवस्थापन गरिएको छ भने विकासका लागि प्राथमिकताका आधारमा स्रोत व्यवस्थापन पनि गरिएको छ’, उनले भने।

मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल बढाउने, लगानीका क्षेत्र बढाउने गरी बजेट आएको समेत दाबी गरे। ‘आगामी आवको बजेट कार्यान्वयनसँगै अर्थतन्त्र चलायमान बन्छ, अर्थतन्त्रको गतिशिलता बढाउनेछ भने उत्पादन बढाउन र रोजगारी सृृजनामा पनि काम गर्नेछ’, उनले भने।

आफू बजेटमा आएका प्रतिक्रियाबाट पनि म आशावादी बनेको उल्लेख गर्दै पौडेलले अब आफ्नो कर्तव्य बजेट कार्यान्वयन भएको बताए। ‘एक थान बजेट प्रस्तुत गरेर मेरो कर्तव्य पूरा भएको छैन, यसको कार्यान्वयन पनि मेरो जिम्मेवारी हो’, उनले भने, ‘बजेटले लिएका उद्देश्य पूरा गर्नेमा पनि मैले ध्यान प्रतिबद्धता जनाउँछु।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS